सनिवार ३१५ मा सङ्क्रमणको पुष्टि, कुल २० हजार ८६

सनिवार नेपालमा कोरोना भाइरसका ३१५ जना नयाँ सङ्क्रमित थपिएका छन् । हाल पाँच हजार ३३८ जनामा कोरोना भाइरसको सङ्क्रमण सक्रिय रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना सङ्क्रमितको कुल संख्या ३१५ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनको क्रममा पछिल्लो चौबीस घण्टामा छ हजार ९९३ जनाको स्वाब सङ्कलन गरी परीक्षण गरिएको जानकारी दिनुभयो । हालसम्म तीन लाख ८२ हजार ४९० जनाको स्वाब परीक्षण गरिएको उहाँले बताउनुभयो ।

पछिल्लो चौबीस घण्टामा ९३ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । यससँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या १४ हजार ४९२ पुगेको छ । कोरोनामुक्त हुने दर करिब ७२ प्रतिशत पुगेको हो । हाल ११ हजार ५३३ जना क्वारेन्टिनमा छन् ।

प्रकाशित मितिः शनिबार, साउन १७, २०७७     4:45:58 PM

Tara Chapagain

See all posts by