फास्ट ट्रयाकबाट पुननिर्माण गर्न पूर्वाधार मन्त्रालयलाई निर्देशन

गण्डकी प्रदेशको अर्थ तथा विकास समितिले बाढी पहिरोले पु¥याएको भौतिक क्षतिको तत्काल पुननिर्माण गर्न भौतिक पूर्वाधार विकास मन्त्रालयलाई निर्देशन दिएको छ । समितिले भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतलाई बैठकमा आमन्त्रण गरेर बाढीपहिरोले प्रदेशमा पु¥याएको क्षतिको बारे छलफल गर्दे उक्त निर्देशन दिएको हो ।

समितिका सभापति दीपक कोइरालाले सडक बन्द हुँदा जनजीवन कष्टकर भएकाले फाष्ट ट्रयाकबाट काम गरेर अबरुद्ध सडक खुलाउन,बाढी र पहिरोका कारण अत्यावश्यक सेवाका रुपमा रहेको खानेपानी र उत्पादनमूलक क्षेत्रमा असर पार्ने सिंचाईकुलो सञ्चालनका लागि पनि फाष्ट ट्रयाकबाट काम गरेर सेवा दिन निर्देशन दिनु भयो ।

सभापति कोइरालाले बाढी र पहिरोको कारण मनाङ र मुस्ताङको आवतजावत बन्द भएकाले मनाङ जानेबाटो र म्याग्दीको गलेश्वरको पुल तत्तकाल निर्माण गर्न समितिको तर्फबाट निर्देशन दिनु भयो । समितिले बाढी पहिरोले क्षति पुगेका यस बर्षको बजेटमा परेका योजनाहरुको काम पनि तत्काल शुरुगर्न निर्देशन दिएको छ । भौतिक पूर्वाधर विकास मन्त्री रामशरण बस्नेतले अविरल बर्षाको कारण यस बर्ष भौतिक क्षति धेरै भएको बताउदै अहिले आफुहरुलाई प्राप्त क्षतिको विवरण अझै पुर्ण नभएको बताउनु भयो ।

मुस्ताङ जाने म्याग्दी गलेश्वरमा बेलिव्रिजपुल निर्माण पानीको सतह घटेपछि शुरु गर्ने , मनाङको सडक मर्मत गर्ने अहिले योजना परेका तर बाढीले क्षति पु¥याएको योजनाको काम तत्तकाल शुरुगर्ने र मुल सडक सञ्जाल संग सम्पर्क विच्छेद भएका साहायक सडक सञ्जालहरुलाई बर्षाकम भएपछि मर्मत गरेर सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाउनु भयो ।

मन्त्री बस्नेतले बिपद ब्यबस्थापनका लागि मन्त्रालयमा बजेट नभएको बताउनु भएको छ । उहाँले बिपद ब्यबस्थापनका लागि भनेर छुट्टै कोष नहुँदा बिपद ब्यबस्थापनमा बजेटको अभाव भएको बताउनु भयो । बजेट अभावका बाबजुद प्रदेश सरकारले बिपद ब्यबस्थापनको काम भने गरिरहेको उहाँको भनाई थियो । मन्त्री बस्नेतले आगामी दिनमा भौतिक बिपदको लागि पनि रकमको ब्यवस्थापन गर्न आबश्यक देखिएको बताउनु भयो । मन्त्रालयका सचिव ईश्वरचन्द्र मरहट्टाले बाढी पहिरोले अहिले सम्म प्रदेशमा ३४ वटा सडक,९५वटा सिंचाईका योजना र ५४ वटा खानेपानीका योजना र केही पुलमा क्षति पुगेको जानकारी प्राप्त भएको बताउनु भयो ।

मन्त्री बस्नेतले मन्त्रानलयमा बिपद कोषमा बजेट नभएकाले काम गर्न अप्ठेरो भएको बताएपछि समितिका सदस्यहरुले बजेट छैन भनेर सरकार बिपद ब्यबस्थापन गर्नबाट पन्छिन नमिल्ने टिप्पणी गरे ।

प्रकाशित मितिः शुक्रबार, साउन १६, २०७७     12:22:45 PM

Tara Chapagain

See all posts by