पहिरोमा ज्यान गुमाउनेको परिवारलाई आर्थिक सहयोग

कास्कीको माछापुच्छ्रे गाँउपालिकामा पहिरोमा ज्यान गुमाउने मृतक परिवारका आफन्तलाई मर्दीखोला समाज युकेले आर्थिक सहयोग गरेको छ ।

समाज युकेले साउन २ गते बिहान पहिरोले ज्यान गुमाएका परिवारलाइ २ लाख १२ हजार चार सय रुपैया सहयोग गरेको छ । पोखरा –१६ लामाचौरमा मृतकहरुका बुबा र हजुरबुबलाई मर्दीखोला समाज युके आमा समूहका सल्लाहकार कमला गुरुङले वडाध्यक्ष कृष्णप्रसाद दवाडीको विशेष उपस्थितिमा मृतकहरुका बुबा र हजुरबुबालाई उक्त रकम हस्तान्तरण गरिएको हो ।

वडा अध्यक्ष दवाडीका अनुसार उक्त घटनाबाट पहिरोमा परि एउटै घरपरिवारका तीन भाइका छोराछोरीले तीन जनाको ज्यान गएको थियो । प्रभावित नौ घर मध्ये तीन घर पूर्ण रुपमा क्षति भएको छ ।

दवाडीले विपद् व्यवस्थापन तथा पुनस्थापना कोष खडा गरेर सहयोगको कार्य अगाडि बढाएको जानकारी दिनुभयो ।
ल्कडाउनको समयमा हजुरबुबा हजुरआमा रहेको खोराको मुखको गाउँको घरमा गएका ति नातीनातिना गुमाउदाको पिडा अशैय भएको मृतकका हजुरबुबा प्रेमराज वि.कले बताउनुभयो । कलिला बाबुनानी अल्पायूमै टिपेर लग्यो भन्दै मन सम्हाल्नुको विकल्प नरहेको भन्दै गहभरी आसु पार्दै दुखेसो पोख्नु भयो ।

प्रकाशित मितिः शुक्रबार, साउन १६, २०७७     12:11:14 PM

Tara Chapagain

See all posts by