तत्काल होटल संचालन गर्दा नाफा भन्दा घाटा बढि ः पोखराका होटल व्यवसायी

सरकारले साउन १५ देखि होटल सञ्चालनको अनुमति दिए पनि पोखराका पर्यटन व्यवसायी तत्काल होटल सञ्चालन नगर्ने बताउका छन् । लामो समयको लकडाउन पछि साउन १५ देखि सरकारले खोलने अनुमती दिएको हो । यतिबेला होटल खोलेर नाफा भन्दा घाटा बढि हुन्छ , पश्चिमाञ्चल होटल सङ्घका अध्यक्ष विकल तुलाचनले भन्नु भयो । साना साना होटलहरु खोलेपनि ठुला होटलहरु तत्काल खोल्ने अवस्था नरहेको उहाँको भनाइ छ ।

“ठुला होटल संचालनका लागी धेरै आर्थिक व्ययभार थपिन्छ, सरकारले खोल्न त भन्यो तर खोलेर मात्रै भएन् ,सरकारले मौद्रिक नीती जारी गरेपनि कर्जा प्राप्तीको सुनिश्चितता छैन्, होटल मर्मत संभार कर्जा चाहियो , कर्माचारीलाइ तलव खुवाउनु पर्यो, लगायत थुप्रै समस्या छन् ”। अध्यक्ष तुलाचनले संक्रमण दिनानुदिन बेढिरहेकोले सन्ंत्रास बढिरहदा पनि होटल संचालनमा उत्साह थप्न नसकेको बताउनु भयो ।

आन्तरिक तयारीको गर्नुपर्ने धेरै गर्नुपर्ने छ, समय अभाव, अन्तर्राष्ट्रय हवाई’, आन्तरिक हवाइ’ लामो दुरी बर्ष भाद्र १ गते वाट संचालनमा आउने भनिएपनि ततकाल पर्यटक आउने अवस्था छैन् , छिमेक देशभारत बाट धेरै पर्यटक आउने गर्थे , अहिले उनीहरु आउने अवस्था छैन् , यदि लुकिछिपी आइहाले पनि हामीलाइ संक्रमण सार्ने डर हुन्छ , । विभीन्न जटिल पाटाहरु छन् । सोचेजस्तो सजिलो छ्रैन् उहाँले भन्नु भयो ।

अवसिजन छ ४,५ प्रतिशत अंकुपेन्सी पनि भएन् भने चलाएर मात्र के गर्नु ? होटल बाराहिका अपरेशन मेनेजर बुद्धि शर्माले भन्नु भयो । यतिवेला पुर्णरुपमा खोल्न सहज नभएको बताउनु भयो । होटल क्राउन ग्राण्डका जनरल मेनेजर रोशन खवासले पनि सरकारले अनुमति दिएपनि होटल संचालन गर्न अवस्था नरहेको बताउनु भयो । “एकातिर गेष्ट आउने अवस्था छैन् भने अर्कातिर स्वाथ्य रहेर सेवा दिने हो , को कहाँबाट कसरी आएको छ सबै थाहा हुदैन् त्यसैले तत्काल खोल्ने सोचमा छैनौ, केहि संरचना बन्दै पनि छन् । उहाँले भन्नु भयो ।

त्यसैगरि होटल सांग्रिला भिलेज रिर्सोटका आवशिय प्रवन्धक गुप्ता गिरीले भन्नु हुन्छ , “नाफा हुने त कुरै भएन्, पाहना आउने अवस्था सृजना नभए सम्म खोलेर अर्थ पनि छैन् ,खोल्दै नखोल्न पनि भएन बिस्तारै तयारी गर्दै छौ, स्वाथ्य सामाग्री मगाउदै छौ, स्टापहरुलाइ टे«निङ संचालन गर्ने सोचमा र्छौ, । उहाँले भन्नु भयो ।

पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनका अनुसार पोखरामा साना ठुला गरेर ७ सय होटल छन् । जसमा १ खर्व २५ अर्व लगानी छ । पोखराका होटल व्यवसायमा पछिल्लो समयमा थुप्रै बैकहरुले ७० देखि ८० अर्व बैकले लगानी गरेका छन् । पोखराको लेक साइडमा ४० हजार देखि मासिक १२ लाख सम्म भाडा तिर्ने होटल व्यवसायी छन् । पोखराको पर्यटन क्षेत्रमा लकडाउन अगाडी करिव २० हजारको हाराहारीमा प्रत्यक्ष र करिव ५ हजारले अप्रत्यक्ष रोजगारी पाएका थिए ।

प्रकाशित मितिः शुक्रबार, साउन १६, २०७७     8:32:36 AM

Tara Chapagain

See all posts by