‘खाना नफालौ’ कार्यक्रम विशेष अभियानका रूपमा

रोग भन्दा भोक ठुलो, अन्न उत्पादनमा जोड गरौ, खानालाइ हिफाजत सहित वरदाँन सम्झौ, खाना जीवनको प्रमुख वस्तु हो । खाना जीवन हो, खाना नै भगवानको एउटा अंश हो । “खाना नफलौ”। यो भनाइ कास्कीको अन्नपुर्ण गाँउपालिकाका अध्यक्ष युवराज कुँवरको हो ।

कँुवर हरेक दिन सामाजिक संजालमा आफ्ना दैनिक गतिविधी पोस्ट गर्नुहुन्छ तर अन्तिममा उहाँको यो कहिले नारा छुट्दैन् । “खाना नफलौ”
स्थानिय चुवानमा नेपाली काग्रेसबाट कास्कीको अन्नपुर्ण गाँउपालिका अध्यक्षमा निर्वाचित भएका कुँवरले गाँउपालिकामा कृषि र पर्यटन सुधारमा जोड दिदै आउनु भएको छ । उहाँले गाँउपालिकामा कुनै पनि खेतबारी बाँझो राख्न नहुने र खाना नभै बाच्ने नसकिने भएकोले यसको महत्व सबैले बुझनुु पर्ने बताउनु भयो   ।

उहाँ भन्नु भयो , “मानिसलाइ जीउन खाना कति आवश्यक छ, कृषि उत्पादन गर्न कति गाहो, सानो गेडालाइ उत्पादन गरेर कसौडीसम्म लान कति मेहेनत छ , कृषि प्रधान देशमा जन्मिएर पनि हामीले कृषिको उत्पादनका समस्या र खानाको महत्व बुझ्न सकेनौ, पकाएर ,खाएको खायो नखाएको सिधै फाल्छौ, यसो गर्नु पाप हो ,।” खानाको महत्व सबैले बुझ्न जरुरी छ ।

जग्गा बाँझो नराख्न स्थानीय तहमा उत्पादित खाद्यान्न सञ्चिती एवम् संरक्षण गर्ने र कुनैपनि प्रकारका खानेकुरा खेर नफाल्न गाउँपालिकावासीलाई सचेतना अभिवृद्धि गर्न खाना नफालौ कार्यक्रमलाई विशेष अभियानका रूपमा सञ्चालन गरिएको अध्यक्ष कुँवरले बताउनुभयो ।

कतिपय ठाँउमा खाद्यन्नको संकट छ , संसारमा वार्षिक १२ हजार मानिस खान नपाएर मर्दा रहेछन् , आफूले फाल्ने खाना बचाएर हामी न्यून आए वा गरिवलाइ सहयोग गर्न सक्र्छौ, । सानो प्रयासले महत्वपुर्ण भुमिका निर्वाह गर्छ कुँवरले भन्नु भयो ।

हाम्रा बाँउ बाजेले खाना पकाउन अगाडी मुठी उठाएर राख्ने चलन थियो , त्यो मुठी राखेको अन्न औशि वा पुर्णिमामा जोगी , पाटि पौवामा वा गरिवलाइ दिने चलन थियो, महिले पुन यसैको शुरुवात गर्न खोजेको हुँ , उहाँले थप्नु भयो । १ हजारले फालेको खाना १ सय जनालाइ पुग्छ , १ लाखले फालेको खानाले १० हजारलाइ पुग्छ फाल्ने खाना बचत गरेर हामी गरिवलाइ सहयोग गर्न सक्छौ कुवरले भन्नु भयो ।

उहाँले गाँउपालिकामा सबैले खानाको महत्वलाइ स्वीकार गर्दै आफुलाइ सहयोग गर्न तत्पर हरेको बताउनु भयो । गाँउपालिकाका ७ हजार २९ घरबाट शुरु गरि यस अभियानलाइ कास्कीका अन्य ठाँउमा हुदै सबै ठाँउमा पुर्याउने जानकारी दिदै सहयोग गर्न सबैलाइ आग्रह गर्नु भएको छ । ‘ब्याक्तिगत रुपमा शुरुवात गरेको अध्यक्षको यस प्रयासले समाजमा राम्रो सन्देश दिएको छ ,।

गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत युवराज अधिकारीले “खाना नफालौ” “कल्पनाकार र सृजनाकार अध्यक्ष हुनुहुन्छ । “सानो कुराको शुरुवातबाट गरेको प्रयास, खाद्यन्नको बचतले समाजमा महत्वपुर्ण भुमिका निर्वाह गर्नु सक्छ, अधिकारीले भन्नु भयो । उहाँले गाँउपालिकामा यसको प्रभाव परिसकेको जानकारी दिनु भयो । स्थानिय खाद्यन्नको संरक्षण सम्बद्र्धन गर्ने सचेतना फैलाइएको र यसलाइ यस वर्षदेखि अभियानकै रुपमा संचालन गर्ने उहाँको भनाइ छ ।

‘ गाँउपालिका हुदै पर्यटन क्षेत्र पोखराको लेकसाइड होटल ,रेष्टुरेन्ट ,क्याक्टरिङ लगायतका पोखरा महानगरलगायतका अन्य ठाँउमा पनि यसलाइ पचार्, बोर्ड र ब्यानर बनाइ अभियानको रुपमा संचालन गर्ने योजना छ, हामीले फाल्ने खानाले कुनै गरिवको पेट भरिन् सक्छ ’। यसले समाजमा सकारात्क सन्देश प्रवाह गरि खाना फाल्ने बानीमा सुधार ल्याउने उहाँले भन्नु भयो ।

प्रकाशित मितिः शुक्रबार, साउन १६, २०७७     8:24:59 AM

Tara Chapagain

See all posts by