विकसित राष्ट्रको सहयोग महत्वपुर्ण ः अध्यक्ष तिमिल्सीना

राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिाले दाता राष्ट्रहरुले गरेको सहयोगलाइ महत्वपुर्ण ठाँउमा सहि सदुपयोग गर्नुपर्ने बताउनु भयो । नेपाल चीन हिमालय मैत्री समाजको ६५ बार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले सुखी नेपाली र समृद्ध नेपाल बनाउने सरकारको लक्ष्य रहेको बताउदै सहयोग लिने विषयमा कुनै राजनीति आग्रह पूर्वाग्रह राख्न नहुने बताउनु भयो ।

कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले सो कुरा मित्र राष्ट्रहरुको सहयोगले नै देशले विकासको मोड लिन सक्ने बताउनु भएको हो । “नेपाल प्राकृतिक स्रोत र साधनले गरिव होइन् ,स्रोतसाधनको सहि सदुपयोग सगै दाताको लगानी उपयुक्त ठाँउमा लगाए विकास हुन्छ, जसरी सिमानाका लागी सबै एकजुट भयौ तेसरि नै राष्ट्रका हितका लागी छिमेकी देशले दिने सहयोगको विषयमा बुझनु जरुरी छ, एकमतका साथ अगाडी बढनु पर्छ,” । चीन लगायत अन्य राष्ट्रले गर्ने सहयोगलाइ बुझेर मात्रै टिकाटिप्पणी गर्नु पर्ने उहाँको भनाइ छ ।

“प्रतिपक्ष, पाटि वा सरकार अनुसारको धारणा बनाएर विवाद नगरा,ै सहयोग आफनो हितका लागी छ वा छैन बुभmनु पर्छ, उहाँले थप्नु भयो । अध्यक्ष तिमिल्सिनाले एमसिसिलाई व्याख्या गर्दै राष्ट्रको हितमा रहेको बताउनु भयो । संघ , प्रदेश र स्थानिय तिनै तहका सरकारले जनताको चाहाना , दिगो विकास र विकासको प्रतिफल जनताले पाउने गरि एकै उदेश्यका साथ अगाडी बढेमा राष्ट्रको विकास हुने अवधारणा राख्नु भयो ।

मित्र राष्ट्र चीनले गरेको सहयोग राष्ट्रको हितमा भएको बताउदै कार्यक्रमले महत्वपुर्ण भुमिका निर्वाह गर्ने गरि दुई देशको समबन्ध अझै घनिष्ट बन्ने बताउनु भयो ।अध्यक्ष तिमिल्सिनाले महामारीको रुपमा फैलिएको कोरोना भाइरसले भन्दा पनि मनसुनले बढी क्षति पु¥याएको बताउनु भयो । कार्यक्रममा आन्नद पोख्रेल, डां कल्याण रोकाहा, काली प्रसाद पोख्रेल, जोङ थि पाङ कल्याण शर्मा ले ५ वटा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रतिनिधि सभा सदस्य , संघिय सांसदहरु, प्रदेशका सभामुख उपसभामुख र पालिकाका अध्यक्ष उपाध्यक्ष लगायतको उपस्थिती रहेको थियो ।

नेपाल चीन हिमालय मैत्री समाजको ६५ बार्षिक उत्सवको अवसरमा पोखरामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय सभाका अध्यक्ष अध्यक्ष तिमिल्सिना ।

प्रकाशित मितिः बिहिबार, साउन १५, २०७७     6:54:14 AM

Tara Chapagain

See all posts by