पूर्व राष्ट्यि सभा सदस्य गुरुङको निधन

पुर्व राष्ट्यि सभा सदस्य एवम् नेपाली कांग्रेसका नेता मेजर दिपक गुरुङको ८४ बर्षको उमेरमा आज निधन भएको छ । कास्की जिल्लाको मादी गाउँपालिका वडा नं. २ ताङतिङ स्थायी वसोवास भएका गुरुङको काठमाडौस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको उहाँका भतिजा एवम् मादी गाउँपालिकाका अध्ष्क्ष वेदबहादुर गुरुङ(स्याम) ले जानकारी दिनुभयो ।

मधुमेह, उच्च रक्तचाप लगायतका स्वास्थ्य समस्या भएपछि उहाँ उपचारत हुनुहुन्थ्यो । भूतपूर्व सैनिक संघका संस्थापक अध्यक्ष समेत रहनुभएको उहाँका श्रीमती, दुई छोरा र चार छोरी हुनुहुन्छ । स्वर्गीय गुरुङको पार्थिक शरिरलाई आजै पशुपति आर्यधाटमा अन्तिम संस्कार गरिने अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

प्रकाशित मितिः शुक्रबार, साउन २, २०७७     9:07:46 PM

Tara Chapagain

See all posts by