पोखरामा ३ अर्ब ५९ करोड राजस्व संकलन लक्ष्य ५ अर्व ६१ करोड

आन्तरिक राजस्व कार्यालय पोखराले चालू आर्थिक वर्ष २०७६÷०७७ सकिन १० दिन बाकी रहदा ३ अर्ब ५९ करोड ७७ लाख राजस्व संकलन गरेको छ ।
कार्यालयले चालु वर्षमा संकलन गर्ने लक्ष्य लिएको राजश्वको यो ६८ प्रतिशत हो ।

चालू आर्थिक वर्षमा ५ अर्ब ६१ करोड राजस्व संकलन गर्नेे लक्ष्य लिएकोमा असार २१ गतेसम्म सो राजश्व संकलन गरेको कार्यालयका सुचना अधिकारी विजय लामिछानेले जानकारी दिनुभयो । कास्की र स्याङजा जिल्ला कार्य क्षेत्र रहेको कार्यालयमा व्यक्तिगत स्थायी लेखा नम्बर लिनेहरु ८७ हजार १ सय ९७ जना, व्यवसायिक स्थायी लेखा नम्बर लिने ५८ हजार १५ जना, भ्याटमा गएका ११ हजार ५ सय ९१, अन्त शुल्क इजाजत पत्र लिएका ५ हजार १ सय ५२ र डब्लु प्यान लिने २५ गरि १ लााख ४५ हजार १ सय ९४ करदाताहरु रहेका छन् ।

अघिल्लो अर्थिक वर्ष २०७५÷०७६ मा कार्यालयले ५ अर्ब ७६ करोड राजस्व संकलन गर्ने लक्ष्य लिएकोमका त्यसको ९१ प्रतिशत आर्थात ५ अर्ब २१ करोड राजस्व संकलन गर्न सफल भएको थियो । लकडाउनका कारण यस वर्ष राजश्व संकलनमा कमी आएको लामिछानेको भनाई छ ।

प्रकाशित मितिः मङ्लबार, असार २३, २०७७     1:39:28 PM

Tara Chapagain

See all posts by