कोरोना विशेष अस्पताल बनाउने निर्णय भयो,अहिलेसम्म काम भएन

2020-07-07-18003

पोखरा, असार २३ गते । पोखरा ३० शिशुवास्थित लेखनाथ सामुदायिक अस्पताललाई प्रदेश सरकारले कोरोना विशेष अस्पताल बनाउने निर्णय गरे पनि हालसम्म काम समेत सुरु गरेको छैन । १५ सय शैयाको स्वीकृत लिएको अस्पतालमा हाल ६० शैयामा रहेको छ ।

कोरोना संक्रमण रोकथाम, नियन्त्रण र व्यवस्थापन गर्न गण्डकी प्रदेशका मुख्यमन्त्रीको संयोजकत्वमा गठित उच्चस्तरीय निर्देशक समितिले समेत गत चैतमा सो अस्पताललाई ६० शैयाको कोरोना विशेष अस्पताल बनाउने निर्णय गरेको थियो । मुख्यमन्त्री संयोजक रहेको समितिले गरेको निर्णय चार महिना पुग्न लाग्दा समेत कार्यान्वयन हुन सकेको छैन ।

कोरोना विशेष अस्पतालकको रुपमा तयार गर्नु त के त्यसको पुर्व तयारी समेत सुरु भएको छैन भने विशेष अस्पतालका लागि आवश्यक आइसोलेसन वेड, आवश्यक उपकरण सगै गर्नुपर्ने अन्य कामहरु केही नभएको र प्रदेश सरकारका तर्फवाट केवल एक, दुई पटक स्थलगत निरीक्षण गर्ने बाहेक अन्य केही काम हालसम्म अघी नबढेको हो । अस्पतालका प्रशासन प्रमुख केदार लामिछानेले कोरोनाका विरामी उपचार गर्ने भनी सुरुमा प्रचार गरियो तर तयारी केही नभएको र विरामी समेत राख्ने व्यवस्था नगरिएको जानकारी दिनुभयो ।

आउदो साउन १ गतेदेखी प्रदेश सरकारलाई अस्पताल हस्तान्तरण गर्ने र त्यसपछि संचालनको जिम्मा समेत दिने अस्पताल व्यवस्थापन पक्षल सवै तयारी गरेको र सरकारका तर्फवाट केही काम वाकी रहेको जानकारी उहाँले दिनुभयो । कोरोना अघि दैनिक ६०÷७० जना विरामी आउने अस्पतालमा हाल करिव ३० जनाको हाराहारीमा विरामी आउने गरेका लामिछानेले बताउनुभयो ।

चारदिन अघि असार १९ मा वसेको गण्डकी प्रदेश सरकारको मन्त्रीपरिषद बैठकले अस्पताललाई ७० लाख ३४ हजार रुपैया“ अनुदान दिने निर्णय गरेको छ । मा बसेको गण्डकी प्रदेश मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । अस्पतालमा आवश्यक भौतिक पूर्वाधार, उपकरण, जनशक्ति थप र व्यवस्थापन सगै संचालनको लागि सो रकम दिन लागिएको सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले जानकारी दिनुभयो ।

सरुवा रोग अस्पतालको रुपमा विकास गर्ने उद्देश्यका सहित सरकार अघि बढेको जानकारी दिदै हाल अस्पतालमा आईसोलेसनका लागि आवश्यक शैया सगै पर्खाल, शौचालय निमार्णको काम शुरुवात भैरहेको उहाँले बताउनु भयो ।

प्रकाशित मितिः मङ्लबार, असार २३, २०७७     2:22:56 PM

Tara Chapagain

See all posts by