सभापति कुमार खड्काले गाडी लगायत सुविधा फिर्ता गरे

गण्डकी प्रदेश सभा लेखा समितिका सभापति कुमार खड्काले संसद सचिवालयले दिएको सुविधा फिर्ता गर्ने घोषणा गर्नु भएको छ ।
संसदको बिहीबारको बैठकमा पेस हुन लागेको गाउँसभा, नगर सभा र जिल्ला समन्वय समितका पदाधिकारीको सुविधासम्बन्धी विधेयकमा विरोधको प्रस्ताव गर्ने क्रममा उहाँले उक्त घोषणा गर्नु भएको हो ।

एकपटक सर्वाेच्च अदालतले खारेज गरिदिएको कानुनलाई ब्युँताउन अहिले कोरोना कहरका बेलामा सरकारले स्थानीय तहका पदाधिकारीको सेवा सुविधा सम्बन्धी विधेयकको विरोध गर्दै उहाँले समितिको सभापतिवापत पाएको गाडी र चालक आजकै मितिदेखि फिर्ता गर्ने घोषणा गर्नु भएको हो ।
आज सदनमा पेस हुन लागेको विधेयकमाथि कांग्रेसले बुधबारै विरोधको सूचना दर्ता गरेको छ । जनता समाजवादीले पनि विधेयकको विरोध गरेको छ ।

प्रकाशित मितिः बिहिबार, असार १८, २०७७     1:40:33 PM

Tara Chapagain

See all posts by