गण्डकी प्रदेशमा कोरोना संक्रमित एक हजार नाघयो

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार नाघेको छ । बिहीबार बिहान ४ जिल्लामा ८ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या एक हजार ११४ पुगेको स्वास्थ्य निर्देशनालयले गण्डकीले जनाएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र भरतपुर अस्पतालमा गरिएको परीक्षणमा थपिने संक्रमित तनहुँमा ३ जना पुरुष स्याङजाका २ जना पुरुष पर्वत २ जना पुरुष ,र बाग्लुङमा पनि १ जना पुरुष नै रहेको निर्देशनालयले जनाएको छ ।
सबै संक्रमितलाइ जिल्लाकै आइसुलेशन कक्षमा लाने तैयारी भैरहेको छ ।

प्रकाशित मितिः बिहिबार, असार १८, २०७७     8:38:26 AM

Tara Chapagain

See all posts by