गण्डकीमा थपिए २८ संक्रमित प्रदेशभर संख्या ९९४ जना पुग्यो

गण्डकी प्रदेशमा बुधवार २८ जनामा संक्रमित पुष्टि भएको छ । यो सगै प्रदेशमा कोरोना संक्रमितको संख्या ९ सय ९४ पुगेको छ । प्रदेश क्षयरोग केन्द्र, पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परीक्षणमा ६ जिल्लामा २८ जनामा बुधवार बिहान कोरोना पुष्टि भएको हो ।

संक्रमित पुष्टि भएका नवलपुरमा १२ जना १० पुरुष र २ जना महिला, गोर्खामा ३ जना १ महिला २ पुरुष ,कास्कीमा १ पुरुष स्याङजामा ८ जना ३ महिला ५ पुरुष बाग्लुङमा ३ जना महिला र तनहुँमा १ जना महिलामा कोरोना पुष्टि भएको छ । सबै व्यक्तिहरुलाई सम्बन्धित जिल्लाहरुमा रहेका आइसोलेसन कक्षमा लैजाने तयारी भैरहेको स्वाथ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

८३ वर्षे पुरुष निको भएर घर फर्के
त्यसैगरि मुस्ताङ जिल्ला मंगलबारबाट कोरोनामुक्त भएको छ । असार ६ गते कोरोना पुष्टि भएका ८३ वर्षे पुरुष निको भएर घर फर्केसँगै मुस्ताङ कोरोनामुक्त भएको हो । संक्रमण पुष्टि भएपछि ती वृद्धलाई जोमसोमस्थित आइसोलेसन कक्षमा राखिएको थियो । प्रदेशमा हालसम्म कोरोनाले २ पुरुषको मृत्यु भएको छ ।

प्रकाशित मितिः बुधबार, असार १७, २०७७     9:12:09 AM

Tara Chapagain

See all posts by