राष्ट्रपति र प्रधानमन्त्रीलाइ अश्लिल शब्द लेख्ने बास्तोला पक्राउ

पोखरा, असार १५ गते । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीमाथि सामाजिक सञ्जालमा अश्लिल शब्दबाट टिप्पणी गर्ने कास्की पुरञ्चौरका दुर्तादत्त बास्तोलालाइ कास्की प्रहरीले पक्राउ गरेको छ ।

बास्तोलाले सामाजिक सञ्जालमा देशका राष्ट्रपति र प्रधानमन्त्रीलाइ अश्लिल शब्द प्रयोग गरेर स्टाटस लेख्दै आउनु भएको थियो ।
प्रहरीले बास्तोलालाई पुरञ्चौर स्थित उहाँकै निवासबाट दिउसो पक्राउ गरि कारवाहि अघि बढाएको छ भने विद्युतीय कारोबार ऐन (साइबर क्राइम) अन्तर्गत मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख तथा एसपी जीवनकुमार श्रेष्ठले जानकारी दिनु भयो ।

पोखराका तीन युवा शिवप्रसाद अधिकारी, सम्पन्न श्रेष्ठ र सुष्मी श्रेष्ठले सामाजिक सञ्जालमा सम्माननिय व्यक्तिहरु माथि ज्यादै निच घृणाजन्य शब्दबाट टिप्पणी गरेको भन्दै प्रहरीमा जाहेरी दिएका थिए । सोही जाहेरीका आधारमा उहाँलाई साइबर क्राइम गरेको अभियोगमा मुद्दा दर्ता भएको छ । नेपाली कांग्रेस सकृय कार्यकर्ता तथा स्थानीय नेता समेत रहेका बास्तोलाले धेरै पटक अनुशासनहीन काम गरेको आरोप छ । स्थानीय तहका नेता समेत रहेका उहाँलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाहीका लागि जिल्ला कार्य समितिमा सिफारिस भैसकेको स्रोतले बताएको छ ।

बास्तोला साविकको पुरञ्चौर गाउ विकास समितिका कांग्रेसका सभापति हुनुहुन्थियो भने गत स्थानीय निर्वाचनमा पोखरा महानगरपालिकाको वडा नम्बर १९ मा नेपाली कांग्रेसको तर्फबाट उम्मेद्वार बनिका पराजित हुनुभएको थियो । उहाँले एउटा कार्यक्रममा नेपाली कांग्रेस कास्कीका सभापतिकै अपमान गरेका कारण साधारण सदस्य समेत रहनेगरी कारवाही गर्न सिफारिस गरिएको कांग्रेस स्रोतले जानकारी दिएको छ ।

प्रकाशित मितिः मङ्लबार, असार १६, २०७७     5:11:57 PM

Tara Chapagain

See all posts by