पोखराका विकास आयोजना अनुगमन गर्दै सांसदहरु

पोखरा, असार १५ गते । गण्डकी प्रदेशका सांसदहरु यतिबेला बिकास आयोजना अनुगमन गर्दैमा ब्यस्त छन् । प्रदेश निर्वाचन क्षेत्र पुर्वधार विकास कार्यक्रम अन्तर्गत कास्की निर्वाचन क्षेत्र नं २(ख) का २५ वटा विकास निर्माण आयोजनाको आज स्थलगत अनुगमन गरिएको छ ।

कार्यक्रम अन्तर्गत प्रदेश सभा सदस्यहरू विन्दुकुमार थापा, प्रभा कोइराला, कुमार खड्का र मीना गुरुङद्वारा विनियोजित कुल दुई करोड रुपैयाँको लागतमा निर्मित आयोजनाको प्रदेश सभा सदस्य, जिल्ला समन्वय समिति कास्कीका उपप्रमुख, पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङ, जनप्रतिनिधि, प्राविधिक तथा सञ्चारकर्मी समेतको उपस्थितिमा अनुगमन गरिएको हो ।

कार्यक्रम अन्तर्गत पोखरा महानगरपालिकाका वडा नं ४, ८, ९, ११, १६ र २० मा सञ्चालित सडक तथा ढल, सिंचाई, खानेपानी, बहुउद्देश्यीय भवन, मन्दिर, चौतारा पुनःनिर्माण लगायतका योजना छन् । समितिका संयोजक प्रभा कोइरालालले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमले जनताका आधारभुत आवश्यकता पूरा गर्न सहयोग पुगेको बताउनु भयो । उहाँले बिकास योजनामा दिएको रकमले जनताका लागी थोरै भएपनि खुशी ल्याएको बताउनु भयो ।

योजना निर्माणमा गुणस्तरीयता कार्य र तोकिएको समयमा काम सम्पन्न हुनुपर्नेमा जोडस्थानीय उपभोक्ता समितिको भूमिका महत्वपूर्ण हुनेमा उहाँको भनाइ छ ।
चालू आर्थिक बर्षमा सञ्चालित योजनाहरु कोरोना भाइरसका कारण प्रभावित भएको कोइरालाले बताउनुभयो । प्रदेश निर्वाचन क्षेत्र नं २(ख) बाट प्रत्यक्ष निर्वाचित प्रदेश सभा सदस्य विन्दुकुमार थापाले जनताको आवश्यकता अनुसार बजेट अपुग भएपनि भएपनि बजेट अनुसारको काम प्रभावकारी भएको बताउनु भयो । अर्का सदस्य कुमार खड्काले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रममा विनियोजित बजेटबाट सञ्चालित योजनामा जनताले केहि हदसम्म जनताको आवश्यकतामा सहभागितामा प्रदान गरेको बताउनु भयो ।

त्यसैगरि सदस्य मीना गुरुङले योजनाको बाँडफाँडमा रकम सहि सदुपयोग भएको बताउदै विकास निर्माणका काममा स्थानीय तहले पनि चासो दिनुपर्ने बताउनु भयो । अनुगमनका क्रममा स्थानीय उपभोक्ता समितिका पदाधिकारीले बजेट ढिला प्राप्त भएका कारण र तेसमा पनि कोरोनाको कारण मजदुर नहुँदा केहि भएको गुनासो गर्नु भयो ।

प्रकाशित मितिः सोमवार, असार १५, २०७७     6:42:38 PM

Tara Chapagain

See all posts by