कोरोनाको असर ः पोखराको १७ औ रोपाइ महोत्सव रोकियो

पोखरा, असार १५ गते । पोखरामा यो पटक पर्यटनको असर रोपाइ महोत्सवमा देखिएको छ । १७ वर्ष अघिदेखि गर्दै आइरहेको महोत्सव यो वर्ष भने हुन सकेन् । महोत्सवले पोखरामा हरेक मौसममा केहि न केहि हुन्छ भन्ने राम्रो सन्देश दिए सगै वर्षातका समयमा पनि पर्यटन क्षेत्रमा कुनै असर नगरेको पर्यटन पोखराका व्यवसायि बताउछन् । पोखरामा अहिले पनि ३ सयको हाराहारीमा बाह्य पर्यटक छन् तर महोत्सव गर्ने वातारण छैन् ।

कोरोना भाइरसका कारण पर्यटन क्षेत्रमा भएको असर सगै भौतिकदुरी राख्नु पर्ने भएकोले यो वर्षको महोत्सव स्थगित गरिएको पर्यटन व्यवसायीको छाता संगठन पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरन्जिवी पोख्र्लले बताउनु भयो ।

“१७ वर्षदेखि हुदै आएको रोपाइ यो वर्ष राकिएको छ, उहाँले भन्नु भयो । “कृषि पर्यटनको माध्यमबाट पोखरामा पर्यटकलाइ आर्कषण गर्न रोपाइले निकै ठुलो महत्व राख्ने गर्दथ्यिो , पर्यटक पनि खुशी हुदै सहभागी हुने गर्थे, यो पटक भने रौनक नै हरायो,” उहाँले भन्नु भयो । “पोखरामा पर्यटकलाइ आर्कषण गर्न लागी भनेर पर्यटक धेरै सहभागी हुने यो रोपाइ महोत्सव ब्राण्ड बन्दै गैरहेको थियो ”। कोरिया अमेरिकाको युनिर्भसिटीहरु बाट बिधार्थीहरु नेपालको परम्परागत खेती प्रणालीको अनुगमन अवलोकन र अध्ययन गर्न आउने गरेको पोख्रेलले बताउनु भयो ।

उहाँले पोखरामा हुने यस महोत्सवले यहाँ आउने पर्यटक मात्र नभइ देशका अन्य ठाँउमा आउने पर्यटक पनि १५ असारमा पोखरा आइपुग्ने र मनोरञ्जन गर्ने गरेको बताउनु भयो । २०६० साल देखि गर्दै आएको महोत्सवलाइ पोखराका कृषि फाट,जेठोबुडो धान फल्ने खेत लगायतका थुप्रै ठाउमा रोपाइ महोत्सव हुने गरेको र यसले युवा पुस्ता र परम्परागत कृषि प्रणालीका बारेमा ज्ञान आर्जन गर्ने अवसर दिने गरेको उहाँको बुझाइ छ । ५ देखि १० रोपनी क्षेत्रफल लिएर गरिने पोखराको असारे रोपाइ महोत्सवमा बाह्य तथा आन्तिरिक पर्यटकको ठुलो उपस्थिती रहने गरेको अध्यक्ष पोख्रेलले बताउनु भयो ।

पोखरामा अन्य संघ संस्थाले पनि असारे महोत्सव गर्दै आएकोमा यस वर्ष नगर्ने भएका छन् २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो भने कोरोना महामारीका कारण संक्रमण फैलिन सक्ने जनाउँदै सरकारले हिलो खेल्ने र छ्याप्ने काम गर्न नपाइने भनेको छ ।

प्रकाशित मितिः सोमवार, असार १५, २०७७     6:30:08 PM

Tara Chapagain

See all posts by