फेवातालको आयु बढाउन प्रदेश सरकार र माहानगरको भरपुर प्रयास

फेवाताल प्राकृतिक र मानविय चपेटामा परेर दिनप्रतिदिन यसको आयू घटदो छ । गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिका भने तालको संरक्षण गर्न भरपुर प्रयासमा जुटेका छन् । उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय अन्तर्गत फेवाताल संरक्षणको लागि १० वटा ड्याम निर्माण गर्ने योजना छ । जसमा पहिलो चरणमा ४ वटा मात्रै ड्याम निर्माण भैरहेका छन् ।

गण्डकी प्रदेश सरकार र पोखरा महानगरको साझा योजनाको साझेदारीमा कुल २८ करोड ९६ लाखको लागतमा जलाधार क्षेत्रअन्तर्गत हर्पनखोलासँगै अँधेरीखोला, बेतयानीखोला, लौरुक गरि जलाधार क्षेत्रका विभिन्न चारवटा खोलामा सिल्टेसन बाँध र सिल्ट पोखरीको निर्माण भइरहेको छ । बगेर आएको बालुवा माटो सिधै फेवतालमा नगइ पोखरीमा जम्मा हुन्छ ।

देश लकडाउन भएपछि देशको अर्थतन्त्रमा ठुलो असर परेको छ । कतिपय निर्माण कार्यहरु अलपत्र छन् । तर देशको पहिचान बोकेको फेवतालमा निर्माण भैरहेको ड्याम भने बन्दाबन्दीमा पनि तिव्र गतिमा बन्यो । हरेक वर्षातमा आउने बाढि सगै फेवातालको क्षेत्रफल साँघुरिदै गयो जाने र गहिराई उकासिंदै आयो जाने ढुँगा, गिटी, बालुवा माटो तालमा नै आएर थुपारिएका कारण हरेक वर्ष फेवातालको क्षेत्रफल घट्दो क्रममा छ ।

बिश्वमा पोखरालाइ पहिचान दिलाउन सफल पोखराको फेवताल र यसको सौन्दर्य जोगाउन फेवातालको मुहानमा नै विभिन्न खालका चेक ड्याम, रिभेटमेन्ट, लन्चिङ एप्रोन र सिल्टपोखरी निर्माण भएका छन् । हर्पनखोला , अँधेरीखोला, बेत्यानीखोला र लौरुकखोलामा गरी ४ वटा ड्याम निर्माणधिन भैरहेका छन् । अँधेरीखोला, हर्पनखोला र बेत्यानी खोलाको ड्याम निर्माणको कार्य ९५ प्रतिशत सकिएको छ ।

चारवटा ड्याम निर्माणको लागि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले “प्राकृतिक एवं मानवीय अतिक्रमणको चपेटामा पर्दै गएको फेवताल संरक्षणको काम तोकिएको समयमा काम सकिने गरि बनेको बताउनु भयो , लकडाउनमा पनि काम रोकएन् , बनिरहेका यि संरचनाले ड्यामले तालको संरक्षण गर्छ र तालको आयू बढछ” उहाँले भन्नु भयो, । संघ सरकारले प्राकृतिक श्रोतसाधनको संरक्षणको जिम्मा प्रदेश सरकारलाइ दिनु पर्ने उहाँको माग छ ।

महानगरपालिका प्रमुख मानबहादुर जिसीले फेवतालको संरक्षण गर्नु सबैको दायित्व रहेको बताउनु भयो । “फेवातालको पर्यटकको पहिलो रोजाइ बनेको छ , यसलाइ जोगाएर आउने पिडीलाइ हस्तान्तरण गर्नुपर्छ” तीनै तहका सरकारको सहकार्य साथ रहनु पर्ने उहाँको भनाइ छ । अधेरी खोलामा ९ करोड ६ लाख , हर्पन खोला घाँटी छिनामा ७ करोड ८८ लाख ६२ हजार, बेतयानी खोलामा रु पाँच करोड ४६ लाख ५८ हजार र लौरुक खोलामा ५ करोड ७४ लाख ८४ हजार ९९८ खोलामा चेकड्याम र सिल्टपोखरी निर्माण गरिएको महानगरपालिकाका इन्जिनीयर विमल आचार्यले जानकारी दिनु भयो ।

पोखरा महानगरका इन्जिनियर विमल आचार्यले लौरुक खोलाको ७० प्रतिशत काम सम्पन्न भएको बताउनु भयो । ४ वटै ड्याममा वर्षेनी २ लाख ५६ हजार घनमिटर ग्राभेल जम्मा हुने इन्जिनियर आचार्यले जानकारी दिनु भयो । उहाँका अनुसार ड्याम नहुने र ग्राभेल सिधै फेवातालमा जादा ताल पुरिँदै जान्छ र साँघुरिन्छ । आचार्य भन्नु हुन्छ, फेवतालमा सिल्ड ग्राभेल आएर फेवाताल पुर्ने गर्छ यसलाइ मुहानमा आउने ग्राभेल रोक्ने पोखरी, स्पर जस्ता निर्माण कार्य गरिएको हो ।’

‘कामदार कोरोना भाइरसको त्रासका कारण घर फर्किएपनि , स्थानिय कामदार प्रयोग गरियो , काम रोकिएन् ,एक महिनापछि उनीहरु पनि फर्किए निरन्तर भैरहेको छ । आचार्यले भन्नु भयो । फेवाताल जलाधार क्षेत्र संरक्षण आयोजनाको अनुमानित रकम भने ३३ करोड ६० लाख ६८ हजार रुपैयाँ रहेको छ । गण्डकी प्रदेश सरकार र महानगरले ५० र ५० प्रतिशत लगानी रहेको छ । २८ करोड १६ लाख ११ हजार रुपैयाँको सम्झौता रकममा निर्माण गर्न लागिएको हो ।

प्रकाशित मितिः बिहिबार, असार ११, २०७७     12:36:07 PM

Tara Chapagain

See all posts by