गण्डकी क्षेत्रीय अस्पतालको इमर्जेन्सी बाहेकका सबै सेवा आज बन्द

गण्डकी क्षेत्रिय अस्पतालको इमर्जेन्सी बाहेकका सबै सेवा बन्द गरिएको छ । बिहीवार कोरोना संक्रमितको मृत्यु भएका स्याङ्जाका ५५ वर्षे पुरुषको शव व्यवस्थापन गर्नुपर्ने भएकाले बन्द गरिएको अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिनु भयो ।

अस्पताल शुक्रबारबाट पुन सबै सेवा नियमित सञ्चालन हुने उहाँले जानकारी दिनु भयो उपचारका लागि गत ८ असारमा पोखरा आएका स्याङ्जाको आँधीखोला गाउँपालिका सिरुवारीका पुरुषको डाइबेटिज र निमोनियाबाट ग्रस्त ती पुरुषलाई श्वासप्रश्वासमा समस्या भएपछि पोखरा ल्याएर भेन्टिलेटरमा राखिएको थियो र बुधबार मध्यराती मृत्यु अस्पतालले जनाएको छ ।

प्रदेशमा कोरोना संक्रमितको संख्या ७ सय ५३ पुगेको छ । संक्रमितमध्ये ९१ जना निको भएर घर फर्किएका छन् । गण्डकी प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ पुगेको छ ।

प्रकाशित मितिः बिहिबार, असार ११, २०७७     12:26:16 PM

Tara Chapagain

See all posts by