लोकप्रीय नारा लिएर जनताहरुलाई झुक्याउने प्रयास ः सांसद थापा

गण्डकी प्रदेशको पेश भएको नीती तथा कार्यक्रममा लोकप्रिय नारा लिएर जनतालाइ झुक्उाउने प्रयास भएको सांसद बिन्दुकुमार थापाले बताएका छन् ।

माननिय प्रदेश प्रमुख ज्यूबाट प्रस्तुत आ.व. २०७७÷७८ को गण्डकी प्रदेशको नीति तथा कार्यक्रम उपर हामी छलफलमा सांसद थापाले सो कुरा बताएका हुन् ।
“नीति तथा कार्यक्रम विगत वर्षहरुमा जस्तै यसपाली पनि थुप्रै लोकप्रीय नाराहरु लिएर जनताहरुलाई भ्रममा पार्ने, झुक्याउने, अल्मल्याउने र कार्यान्वयन नगर्ने प्रयासको पुलिन्दा पेस गरिएको छ ।”उनले भने “व्यवसाय जीवन रक्षा कोष, गण्डकी प्रदेश विकास प्रधिकरण, प्रदेश स्तरीय आयोजना बैंक, भष्ट्राचार विरुद्धको शुन्य सहनशिलताको नीति अवलम्वन गरि सार्वजानिक प्रशासनमा सदाचार र इमान्दारी प्रर्दशन गर्दै भष्ट्राचार गर्दिन, गर्न पनि दिन्न भन्ने कुरा सस्तो लोकप्रीयताका लागि मात्र ल्याइएका हुन् र भष्ट्राचारलाई शुन्यमा झार्ने भनेको त हास्यास्पद हो ।” यो सरकारको लागी त्यो अपेक्षा राख्न नसकिने उनको आरोप छ ।
उनले विगतमा पनि गण्डकी प्रदेश सरकारले आलि देखि थाली सम्म, गोठ देखि ओठ सम्म जस्ता नारा र पोखरा वृहत चक्रपथ निर्माण, पोखरा बसपार्क निर्माणलाई १ करोड छुट्याएको, प्रदेशमा मुटु, मृगौला, क्यान्सर सम्बन्धी विशिष्टकृत अस्पताल निर्माण जस्ता धेरै कुराहरु ल्याइएको तर तीनको केही काम अगाडी बढ्न नसकेको बताए । उनले भने, “अहिले पनि तीनै कुरा ल्याइएको छ । चालु वर्षको साढे ८ महिनाको अमुल्य समय त्यसै खेर फालियो, रातो किताबमा परेका महत्वपुर्ण योजना आजका दिन सम्म पनि टेण्डर नभएर बजेट फ्रिज भएका थुप्रै छन् । अत हामीले रातो किताबमा योजना पार्यौ भनेर पनि ढुक्क हुने अवस्था रहेन ।” थापाको भनाइ छ ।

व्यवस्था परिवर्तन गरेपनि मानसिकता, काम गर्ने शैली परिपाटिमा परिवर्तन ल्याउन नसकेको उहाँको आरोप छ । “कर्मचारीमा बढ्दो राजनितिकरण र सरकारमा पादासिन व्यक्ति पार्टीका कार्यकर्ता जस्तो र जनताप्रती भन्दा पार्टी प्रती जिम्मेवार भैदिदा कार्यन्वयनमा फितलो भएको छ , व्यापक अनियमितता, अपारदर्शीता, कमिसनको खेल र भष्ट्रचारमा रुमलिएको छ ।” उनले भने । सभामुख महोदय, वालुवा निचोरेर तेल आउने त होइन होला नी ? सोमबारको प्रदेशसभा वैठकमा सांसद पियारी थापाले प्रश्न गरिन् । नीति तथा कार्यक्रम संविधान विपरीत रहेको बताइन् । समाजवाद उन्मुख कुनै पनि कार्यक्रम नआएको पुरानै शैलीबाट नीति तथा कार्यक्रम ल्याएको बताउदै यसलाई सुधार गर्नुपर्ने उनको भनाइ छ ।

स्वास्थ्यलाई प्राथमिकता दिएपनि जिल्ला अस्पताल समेटिरहदा स्वास्थ्य चौकी र उपचौकीको गुणस्तर सुधार, भौतिक संरचना र स्तरोन्नतीको विषयमा नसमेटिएको भन्दै असन्तुष्टि जनाइन् । उर्जा आम्दानीको मुख्य स्रोत रहेको बताउदै गौरवका जलविद्युत्त परियोजनामा आफ्नै लगानीमा गर्ने र आन्तरीक स्रोत बढाउनेतर्फ ध्यान दिनुपर्ने बताउदै सरकारले विरोधाभाष कार्यक्रम र कर्मचारीको भत्ता सेवासुविधासंगै जनप्रतिनिधिको पनि दोहोरो, तेहोरो भत्ता र सुविधा कटौती गर्न उनको माग छ ।

सांसद धनमाया लामालेसरकारले जनताको दुख र भावनाविपरीत नीति तथा कार्यक्रम ल्याएको बताइन् । गोरखाको हिमाली क्षेत्रमा अझै पनि चारदिन हिडेर घर पुग्न सकिने बताउदै महिलाको क्षेत्रमा छुट्टै कार्यक्रम र बजेट ल्याउनुपर्ने बताउदै उहाले विगतका बर्षमा पनि अर्थमन्त्रीबाट नै महिलामैत्री कार्यक्रमको विरोध गर्दै आएको गुनासो गरिन् । प्रत्यक्षमा पहु“च र ठूला जातका सांसद हुने हुदा“ गरिबी, महिला, आदीबासी, जनजाती कोटाबाट आएका समानुपातिक सांसदलाई पेल्नको लागि निर्वाचन विकास क्षेत्रलाई प्राथमिकता दिएको उनको आरोप छ ।

सांसद जुनादेवी नेपालीले पनि निर्वाचन क्षेत्र विकास कोषको कटौती गर्न माग गरिन् । संघीय सरकारले महिलाको मुद्दा समेटेको भएपनि दलीतको विषयमा नबोलेको भन्दै दलित सशक्तिकरणका कार्यक्रम ल्याउन उहाले सरकार समक्ष माग गरिन् । सोमबार भएको संसदमा सत्तापक्ष दलका सांसदले नीति तथा कार्यक्रमको स्वागत गरेका थिए भने प्रमुख प्रतिपक्ष दल र अन्य दलका सांसदले नीति तथा कार्यक्रममा असन्तुष्टि जनाएका थिए ।

प्रकाशित मितिः सोमवार, जेष्ठ १९, २०७७     4:29:07 PM

Tara Chapagain

See all posts by