कोरोनाको कहर : पाठ सिकाईको अनुभुति !

 पोखरा : यतिबेला बिश्व महामारीको रुपमा फैलिएको (कोभिड-१९) तथा कोरोना भाइरसले बिश्व तहस नहस भइरहेको छ । र नेपाल पनि त्यसको चपेटामा परेको छ। २ महिना भन्दा बढिको समय नेपाल लकडाउनमा नेपाल गुज्रीरहेको छ। यो बिचमा मानिसको दैनिक जीवन कष्टकर बन्दै गइरहेको छ भने अर्को तिर आर्थिक मन्दि पनि झन् भन्दा झन बढिरको छ। त्यो भन्दा ठुलो चुनौति यतिबेला कोरोना भाइरस नियन्त्रण गर्नु पर्ने छ। यो जटिल अबस्थामा युवा संगै जोडिएका राजनितिक कर्मिहरु भुमिकालाई बिषेश रुपले लिन सकिन्छ। यहि बिषयमा केन्दृत रहेर आदर्श खबरका समाचार प्रमुख सबिता शर्माले नेपाल कम्युनिष्ट पार्टी(नेकपा) स्याङ्जाका अध्यक्ष तथा युवा नेता सुर्य प्रसाद गैरे (पारास) संग गर्नु भएको संवादको शारंस यँहा प्रस्तुत गरिएको छ।

 तपाईं एउटा यूवा राजनीतिकर्मी यो महामारीले निम्त्याएको लकडाउनलाई कसरी लिनुभएको छ ?

यो २१ औं शताब्दिका हामी सबै मान्छेका लागि सायद यो अत्यन्तै नौलो र डरलाग्दो अनुभूत भइरहेको छ । मानव अस्तित्व र सभ्यता माथि नै चुनौति दिएको यो महामारीले हामीलाई नयाँ प्रकारको संस्कृति र विकासको व्यवहार बोकेको समाज निर्माण गर्नका लागि पनि पाठ सिकाएको छ । हामीले लामो समयदेखिको राजनैतिक आन्दोलन पश्चात नयाँ संविधान निर्माण गरेर समृद्ध नेपाल र सुखी नेपाली’ को कार्यक्रमलाई सरकारको नेतृत्वमा कार्यान्वयन गर्ने अभियानमा जुटिरहेको सन्दर्भमा यो महामारीले हाम्रो यो राष्ट्रिय अभियानलाई ठुलो असर पुर्याएको छ । अहिले हामीले पार्टी संगठन र विकास निर्माणका कामहरुलाई साहयक काम बनाएर सम्पूर्ण शक्ति कोरोना संकटले निम्त्याएको मानविय समस्या सामाधानका लागि एकतावद्ध भएर लागेका छौं ।

यो महामारीले आम समुदायमा के कस्तो प्रभाव पारेको छ ? 
हाम्रो देशवाट रोजगारको लागि विदेश जाने मध्ये स्याङ्गजा अग्रपंतीमा पर्दछ । मलाई नियमित आउने फोन मेसेज र आम समुदायसँगको नियमित भेटघाटमा आएका प्रतिक्रियालाई हेर्दा यतिवेला बैदेशिक रोजगारको निमित्त गएका धेरै दाजुभाई दिदिबहिनीहरुले रोजगारी गुमाएर अलपत्र अवस्थामा बस्नुपरेको स्थिति रहेको छ । उनिहरुले उद्धार वा स्वदेश फर्काइको दिन कुरिरहेका छन भने यता उनका आफन्तहरु आफ्नो मान्छेको अवस्थाको बारेमा निकै चिन्तित बनेका छन्। परिवार चाहन्छन सरकारले आफ्ना मान्छेहरु जे जस्तो अवस्थामा छिटो आउने प्रवन्ध गरोस ।

स्थानिय स्तरमा जिविकोपार्जनको दृष्टिकोणले सञ्चालन गरिएका कृषि क्षेत्र बाहेक सम्पुर्ण व्यवसायिक क्षेत्रलाई यो संकटले नकरात्मक असर पुर्याएको छ । ? ऋण धन गरेर शुरु गरेका साना तथा मझौला उद्योग तथा व्यवसायहरु संकटमा पुगेका छन्। मानिसहरुले यो महामारीको निकाश कसरी हुन्छ र फेरी सामान्य जिवनयापन कहिलेबाट शुरु हुन्छ भन्ने अत्यन्तै चिन्ताग्रस्त मनोविज्ञानमा बसेका छन्।

सरकारले लकडाउन घोषणा गर्छ तर लकडाउनका कारण समाजमा सिर्जित समस्या सामाधानमा ध्यान दिंदैन भन्ने आम गुनासो छ, यो सन्दर्भमा सँधै आम जनता सँगको सम्पर्कमा भइरहेको हिसावले तपाईं के भन्नुहुन्छ ?
कोरोना भाइरसले निम्त्याएको समस्या हाम्रो देशको मात्रै नभएर विश्वव्यापी रुपमा नै छ । यसको औषधी वा खोप पत्ता नलगाइसकेको कारण यसको एउटा मात्र सहि रोकथाम विधि लकडाउन गर्नु र यसको सहि पालन गर्नु हो । सरकारले सहि समयमा लकडाउन घोषणा गरि कार्यान्यवन गरेकाले हाम्रो देशमा महामारीले भयाभह रुप लिन पाएको छैन्।

हो लकडाउनका कारण लाखौं मानिसहरुले रोजगार गुमाएका छन्, आफ्नो घरसम्म आईपुग्न पाएका छैनन्अथवा लाखौं मानिसको परिवारमा आधारभुत समस्या सिर्जना भएको छ । सरकारले लकडाउनको घोषणाँसँगै रोजगार गुमाएका, अलपत्र परेका, खाद्धान्न अभाव भएका लाखौं मान्छेहरुलाई उचित हिसाबले सम्बोधन गर्ने कार्यक्रम पनि संगसंगै अगाडी बढाउन कोशिस गरेको छ तर सन्तुष्ट हुने गरि व्यावस्थापन भएको पाईदैन्, तर सरकारले आफ्नो हैसियत अनुसार जनताको जिवन रक्षा र लकडाउनबाट सिर्जित सकंट समाधानमा एक पछि अर्को कार्ययोजना अगाडी सारेको पाईएको छ ।

स्थानिय सरकारहरुले आधारभुत मानविय समस्याको क्षेत्रमा राहतको काम गरिरहेका छन्, लकडाउनको कार्यान्वयन मार्फत भाइरसको फैलावटलाई रोकी आममानिसको जिवन रक्षाको लागि बर्तमान संघिय सरकार, प्रदेश सरकाहरु र स्थानिय सरकारहरुलेगरेकोप्रयत्नलाई यतिवेला हामिले महत्वपुर्ण र सकारात्मक रुपमा लिनुपर्दछ ।

तपाईंहरुले पनि राहत संकलन र उद्धारको क्षेत्रमा केहि गर्नुभएको छ ?
व्याक्तिगत रुपमा मैले र हाम्रो पार्टीले सरकारको घोषित लकडाउनलाई सफलतापुर्वक कार्यान्वयन गर्न वातावरण तयार गर्ने, सम्भावित संक्रमितहरुलाई सरकारको सम्पर्कमा ल्याउन सहयोग गर्ने,राहत वितरणमा कोहि पनि नछुटोस भनेर पहिचान र वितरणमा स्थानिय स्तरमा पार्टी संयन्त्र परिचालित गर्ने, विशेष गरी अर्को जिल्ला, भारत तथा तेस्रो मुलुकमा अलपत्र परेकालाई उद्धार गर्ने र आधारभुत मानविय सहयोग जुटाएर वितरण गर्ने काम गरिरहेका छौं हामीले आन्तरिक पार्टीमा समन्वय गरि आर्थिक सहयोग संकलन गरेर प्रदेश सरकारलाई रु. २ लाख, जिल्ला विपद कोषमा रु. २ लाख र ११ स्थानिय तहका पार्टी कमिटिलाई परिचलन गरेर स्थानिय सरकारको विपद कोष मा करिब ७ लाख जम्मा गर्ने काम पनि गरेका छौं ।

पछिल्लो समयमा हामीले क्वारेन्टाइनमा बसेकालाई पनि खान बस्न अप्ठ्यारो नपरोस भनेर खाद्धान्न सहयोग संकलन गरि हस्तान्तरण गर्ने काम गरिरहेका छौं । त्यसै गरि जनवर्गीय संगठनहरु पनि आफ्नो क्षेत्रमा परिचालित भएर रोकतथा, नियन्त्रण तथा उपचारमा खटिरहेका छन्, राष्ट्रिय युवा संघ नेपाल, अनेरास्ववियूले आर्थिक संकलन नै गरेर स्थानिय पालिकाहरुलाई सहयोग गरिरहेका छन्साथै युवा संघले त प्रदेशको नाका राम्दीमा र जिल्ला प्रवेशको अर्को नाका कुभिण्डेमा सेनिटाइजर टनेल नै निर्माण गरेको छ । मेरो व्याक्तिगत रुपमा पनि पछिल्लो दुई दिन अगाडी गल्याङ्ग नगरपालिका, चापाकोट नगरपालिका र कालिगण्डकी गाउपालिकामा क्वारेन्टाइन जिवन विताई रहेका नागरलिकलाई पोषण खाना, खाजा तथा स्वास्थ्य सामाग्रीहरु ३ लाख बराबरको हस्तान्तरण सम्पन्न गरेको छु ।

आधारभुत मानविय सहायता वाहेक महामारीको कारण झनै समस्यामा पर्दै गएका किसान, मजदुर तथा सम्पुर्ण उद्योगी तथा व्यवसायिको सन्दर्भमा सरकार कसरी अगाडी बढनुपर्छ ?
अहिलेको अवस्थामा व्यवसायिक किसान, सम्पुर्ण क्षेत्रका मजदुर, होटल तथा पर्यटन क्षेत्र, साना देखि ठुला सम्मका सबै उद्योगी व्यवसायिहरु कोरोना संकटका कारण अत्यन्तै अप्ठ्यारो अवस्थामा पुगेका छन्। ०७२ सालको भुकम्प र भारतिय नाकाबन्दी पछिको यो ठुलो संकट अहिले हामीले झेलिरहेका छौं । मानविय क्रियाकलाप तथा प्राकृतिक रुपमा सिर्जना भएका विपतहरुबाट हामीले विगतमा पाठ सिक्नुपर्ने हल्ला गर्यौं तर सिकेनौ । संकटले हामीलाई पटक– पटक झकझक्याइरहेको छ कि स्वाभिमानी र समृद्ध राष्ट्र निर्माणगर ताकि आगामी दिनमा आईपर्ने जुनसुकै संकटको सजिलै सँग सामना गर्न सकियोस ।

बलियो पूर्वाधार निर्माण गरियो भने संकटमा पनि ढुक्कले सुत्न पाइन्छ , कोरोना माहामारीलाई पनि अवसरको रुपमा लिएर स्वास्थ पूर्वाधार निर्माणमा सरकार तथा सरोकारवालाहरु लाग्नु पर्ने देखिन्छ, ताकी आगामी दिनमा यो भन्दा पनि खतनाक सरुवा रोग सँग लड्न सक्ने पूर्वाधार तथा जनशक्ति तयार बनाउन सकौं । संबिधान अनुसार समाजबादउन्मुख राज्यको परिकल्पना गरिएको छ । यहि संकटसंगै सरकारले स्वदेश तथा विदेशमा रोजगार गुमाएका लाखौं नेपालीलाई स्वदेशमा नै तुरुन्त रोजगार दिने वातावरण तयार गर्नुपर्दछ । जसका लागि आयातलाई निरुत्साहन गर्दै कृषि उत्पादनमा व्यापक जोड दिनुपर्दछ । उद्योगी कच्चा पदार्थको उत्पादनमा प्रोत्साहन गर्दै साना तथा मझौला उद्योगहरु स्थापना गर्ने वातावरण तुरुन्त तयार गर्नुपर्दछ । सरकारले आम नागरिकको आधारभुत विषयको जिम्मेवारी लिंदै स्वदेशमा नै पौरख गर्ने संस्कृतिको विकास गर्ने वातावरण तयार गर्नुपर्दछ, ताकि आगामी दिनमा आईपर्ने संकटमा नेपाली जनता सयौं किलोमिटर भोकै हिंड्ने विदेशि भुमिमा बसेर उद्धारको लागि रुने दिन नआओस । यो अति सरल तरिकाले सम्भव छ, गर्न सकिन्छ र गर्न जरुरी छ ।

अन्त्यमा आम मानिसलाई के भन्न चाहानु हुन्छ ।
आमजनसमुदायलाई मेरो भन्नु केही छैन्सरकारद्धारा घोषित लकडाउनलाई सफलतापूर्वक २ महिना अति धैरेवान भएर कार्यान्वयन गर्नुभएको छ । लकडाउनले दिनानुदिन आधारभूत मानविय समस्या सिर्जत भैरहेका छन्बाँकी १५ दिन थप संकटका दिन हुन सक्छन, यस माहामारी विरुद्धको युद्धमा सामाजिक दुरी सबैभन्दा उपयुक्त हतियार हो । सामजिक दुरीको लागि लकडाउन विकल्पहिन माध्यमको रुपमा प्रयोग भएको छ ।

तसर्थः बाँकी अवधीको लकडाउनलाई जतिसुकै कष्टकर भएपनि हरतरले सफल पार्न अनुरोघ गर्दछु भने सरकारलाई अब १५ दिन पछि लकडानउनको विकल्प खोजि सामाजिक दुरी कायम गर्दै, जनतालाई “ कोरोना संग सँग–सँगै” भन्ने नारा ल्याएर, कोरोना सँग जीवन विताउन सिकाउ, कोरोना हिड्ने बाटो भत्काउ, मान्छेको जिवन हिड्ने बाटो बनाउ, आर्थिक गतिविधि संचालनको तयारी गरौं भन्न चाहान्छु ।

  साभार ः AADARSHA KHABAR आदर्श खबर,

प्रकाशित मितिः सोमवार, जेष्ठ १९, २०७७     4:17:50 PM

Tara Chapagain

See all posts by