राष्ट्रियता ?

थापा यो शव्दको न परिभाषा दिन सजिलो छ न व्याख्या गर्न सजिलो छ न बुझ्न सजिलो छ न बुझाउननै । यो कुनै ठोस कुरा हो वा एक अनुभूति ? खानेकुरामा हुन्छ कि लाउने कुरामा हुन्छ वा गर्ने काममा हुन्छ ? कसैले यसो गरेमात्र राष्ट्रवादी वा राष्ट्रियता जोगिन्छ भनेर किटान गर्न सक्दैन । सरलरुपमा भन्नुपर्दा जव आफ्नो देशले कुनै खेल खेल्दा जनताहरु एकजुट भएर जितोस् भनेर कामना गर्छन, सीमाना मिचिँदा मन दुखाउँछन्, कुनै नेपालीले कतै गएर केही राम्रो काम गर्दा यो मेरो देशको भनेर गर्व गर्छन् सायद यस्तै यस्तै होला राष्ट्रियता भन्ने कुरा ।
प्रकाशित मितिः शुक्रबार, जेष्ठ ९, २०७७     8:56:16 PM

Tara Chapagain

See all posts by