कपिलवस्तुमा दुई जना पत्रकार सङ्क्रमित

दीपक ज्ञवाली
बुटवल, जेठ ९ गते । कोरोना सङ्क्रमण बढिरहेको कपिलवस्तुमा दुई जना पत्रकार पनि सङ्क्रमित हुनुभएको छ । शुक्रबार थपिएका नौ जनामध्ये दुई जना स्थानीय पत्रकार पनि रहेको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले गोरखापत्र अनलाइनलाई बताउनुभयो ।
उहाँहरू २४ र २९ वर्षका हुुनुहुन्छ । कपिलवस्तुमा अहिलेसम्म ६९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गोरखापत्र अनलाइन 

प्रकाशित मितिः शुक्रबार, जेष्ठ ९, २०७७     12:06:52 PM

Tara Chapagain

See all posts by