शव गाडिएको अवस्थामा भेटिएका सुजन विकको हत्यारा पक्राउ

पोखरा । शव गाडिएको अवस्थामा भेटिएका पोखरा महानगर पालिका वडा नम्बर २६ सुन्दरी बजार बस्ने २४ वर्षीय सुजन विकको हत्यामा संलग्न २ जनालाइ प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यलय कास्कीले बिहीवार पत्रकार सम्मेलन गरि जानकारी दिए अनुसार पक्राउ पर्नेमा उनीहरु सगै काम गर्ने प्यूठानका २ जना युवक रहेका छन् ।प्युठान गौमुखी गाँउपालिका वडा नं ३ भइ हाल पोखरा महानगरपालिका वडा नं २७ सुन्दरी बजार बस्ने वर्ष २३ का प्रकाश पुन मगर र वर्ष २१ का थमन पुन मगर रहेका छन् । उनीहरु सगै बिद्युतको काम गर्दै आएका थिए ।

घटना विवरण अनुसार ः “जेठ ३ गते राती उनीहरु सगै रक्सि खाए, ९ बजे उनीहरु घर जान निस्के बाटोमा सुजनले आफूहरुलाइ गालीगलौचा गर्दै हिडेको र उनीहरुले सम्झाउदा पनि नमानेपछि थमनले सुचनलाइ मुक्का हाने । पछाडीबाट मुक्का हानेपछि सुजन भुइमा बसे र पुन चिच्याउन कराउन थाले लगत्तै प्रकाशले ढुङगा टिपेर सुजनको टाउकोमा हाने । ३ केजी तौल भएको ढुङगाले सुजनको बाँया पट्टी लाग्यो र सुजनको घटनास्थलमै मृत्यु भयो । शव भेटिएको दुइ तिन सय मिटरपर बाट झुण्डाउदै बाँझो खेतको ढुङगाको पर्खाबाट शवलाइ छिराए । फेरि दुइ जना गाँजा खाए ।

शवलाइ राम्रो ब्यवस्थापन नभएकाले राती पुन घटनास्थलमा गई दाउराले खनि सामान्य तरिकाले पुरेर कोठामा गइ सुते । साथीहरु सगै गएको छोरा नर्फिएपछि सुजनको आमाले सोधपुछ गर्दा अर्को साथीले बोलाएको भनेर गएको हुन् हामीलाइ थाहा छैन् अहिलेसम्म आएका छैनन् र ? भनेर उल्टो प्रतिप्रश्न गरेकोे ”। एसपी कार्किले बताउनु भयो ।

कार्कीले अनुसार सोधपुछ गर्दै जादा पत्ता नलागेपछि ६ गते परिवारले प्रहरीमा उजुरी गरेका थिए । कास्की प्रहरी कार्कि सहित डाँडाको नाक प्रहरी चौकी प्रमुख प्रहरी नायव अर्जुन रानाभाटले लगायतको टोलिले शव भेटाएको थियो । घटनाको अनुसन्धान क्रममा १० जनालाइ पक्राउ गरि प्रहरीले छोडेको थियो । त्यसमा उनीहरु पनि थिए । शुरुवातमा हत्यारा पत्ता लगाउन नसकेपछि प्रहरीले “न्यारो डाउन”गर्दै जादा हत्याको रहस्य र हत्यार पत्ता लागेको कार्किले जानकारी दिनु भयो । उनीहरुलाइ बिहीबार प्रहरीले पुन पक्राउ गरेको छ । पोखरा २७ अर्घौचोकदेखि अर्चले जाने बाटोको झन्डै ३ सय मिटर भित्र मकै बारीमा गाडिएको अवस्थामा फेला परेको थियो । मादी ११ का विक पोखरा २६ सुन्दरीबजारस्थित परिवारसहित बहालमा बस्दै आउनु भएको थियो ।

प्रकाशित मितिः बिहिबार, जेष्ठ ८, २०७७     6:51:50 PM

Tara Chapagain

See all posts by