गण्डकी प्रदेशका मुख्यमन्त्रि मन्त्रि लगायतको स्वाब सङ्कलन (फोटो फिचर)

गण्डकी प्रदेशसभाको बर्खे अधिवेशन जेठ ११ गतेबाट शुरु हुने भएपछि गण्डकी मुख्यमन्त्रि मन्त्रि लगायतको स्वाब नमुना सङ्कलन गरिएको छ ।

प्रदेशसभाको बजेट अधिवेशनमा उपस्थित हुनुपर्ने सात मन्त्रालयका मन्त्री सांसद कर्मचारी, निजी सचिव ,सावरी चालक सुरक्षाकर्मि, लगायतको स्वाब परिक्षण गर्न लागिएको मुख्यमन्त्री पृथ्वीसुब्बाले गुरुङले जानकारी दिनु भयो । उहाँले भोली बुधवार सभामुख उपसभामुख र सांसदहरुको परिक्षण गरिने जानकारी गराउनु भयो ।

उहाँले संसदको समाचार संकलन गर्ने संसदिय रिर्पोटिङ गर्ने पत्रकारहरुको पनि परिक्षण गरिने मुख्यमन्त्री गुरुङले जानकारी गराउनु भयो ।
उहाँले भन्नु भयो , “अधिवेशन शुरु गर्नुपर्ने भएपछि परिक्षण आवश्यक भयो, अधिवेशनमा उपस्थित हुनुपर्ने सबैलाइ कोभिड–१९ भए नभएको निक्र्योल गर्नपर्ने भएकोले आजबाट परिक्षण शुरु गरेका हौ, ।” उहाँले सामाजिक दुरी राख्नुपर्ने कारणले यो अधिवेशनलाइ पोखरा सभागृहमा गर्नु पर्ने बाध्यता रहेको बताउनु भयो । गण्डकी प्रदेशमा ६० जना प्रदेशसभा सदस्य हुनुहुन्छ ।


मंगलबार मुख्यमन्त्री कार्यलयमा भएको स्वाव संकलनमा १४६ जनाको स्वाव संकलन गरिएको मुख्यमन्त्रीका प्रेस संयोजक बिक्रम न्यौपानेले जानकारी दिनु भयो ।

प्रकाशित मितिः मङ्लबार, जेष्ठ ६, २०७७     12:08:41 PM

Tara Chapagain

See all posts by