लकडाउनका विच २२० केजी कफीको बिउ बितरण

पोखरा, कफीको बोटमा देखिएको नयाँ सक्रमणका कारण कफी फलेका बोट सगै सार्न तयार भएका विरुवा मरेपछि समस्यामा परेका पिडित किसानहरुलाई लकडाउनका समयमा कफीको बिउ वितरण गरिएको छ । राष्ट्रिय चिया तथा कफी बिकास बोर्ड, क्षेत्रिय कार्यालय, पोखराले गण्डकी प्रदेश सगै १ र ५ नम्वर प्रदेशका किसानहरुलाई २२० केजी कफीको विउ वितरण गरेको कार्यालयका प्रमुख चन्द्र पुरीले जानकारी दिनुभयो ।

कडाउनका विच बिचमा कार्यालयले सम्बन्धित जिल्लाका कफी नर्सरीकर्ताहरु संगको समन्वयमा कफी खेती विस्तारको लागि जिल्ला प्रसाशन कार्यालय संगको समन्वय र सहयोगमा स्थानियस्तरमै किसानहरुलाई बिउ उपलब्ध गराएको पुरीले जानकारी दिनुभयो । बिउ वितरण सगै कृषकहरुले समयमै कफी नर्सरी कार्यक्रम संचालन गर्न पाएको भनाई समेत पुरीको छ ।

विश्वमा कोरोना २०१९ डिसेम्बर महिना देखि शुरु भयो, त्यसै बेलामा नै कफीमा चिसोको कारणले कफीको बोटको पात झर्ने संगै बोट नै मर्ने समस्या देखा पर्यो । देखीएको नयाँ सक्रमणका कारण देशभरका करिव ६० प्रतिशत उत्पादन नोक्सान गर्नुको साथै ३ वर्ष सम्मका धेरै कफीका बोटहरुमा पूर्ण रुपमा क्षति र यस बर्ष लगाउन तयारि अवस्थामा रहेका करिब ३ लाख नर्सरी बिरुवामा क्षति पुगेको समेत पुरीले जानकारी दिनुभयो । बिउ वितरण पछि समस्यामा परेका किसानहरुलाई बोट मरेका स्थानमा पुनः बिरुवा रोप्न सहयोग पुग्ने पुरीले जानकारी दिनुभयो ।

देखीएको सक्रमणका कारण नेपालमा कफी खेति गरिरहेका ३३ हजार नेपाली कफी किसानको आर्थिक पाटोमा प्रत्यक्ष असर पर्ुयाएको कारण समस्या पहिचान गर्न र किसानलाई राहत तथा पुनःस्थापनाका लागि बिभिन्न कार्यक्रमहरु संचालन गरिरहेको पुरीको भनाई छ । बोर्डले आफ्ना नियमित कार्यक्रम मार्फत बिउ र बिरुवा लगायत नर्सरी जन्य सामग्रीहरु प्याकेजमा कठिन लकडाउनका बीचमा पनि उपलब्ध गराएको जानकारी दिदै पुरीले नेपालका ४२ जिल्लामा कफी खेति बिस्तार भएको र वार्षिक रुपमा ५३० मेट्रिक टन ग्रिनविन कफी उत्पादन हुदै आएको र कफीका कारण ग्रामिण अर्थ व्यवस्थालाई उकास्न मद्दत गरेको दावी गर्नुभया

प्रकाशित मितिः आइतवार, जेष्ठ ४, २०७७     10:20:31 AM

Tara Chapagain

See all posts by