बेलायतको जागिर छोडेर नेपालमा कृषि कर्म

राज्यले जुन सहयोग गर्नु पर्ने हो पाएनै
पोखरा, 
रोजगारिका लागि बेलायत गएर ५ वर्ष बस्नुभएका पोखरा १४ का ललित बहादुर बाँनिया आमा विरामी भएपछि नेपाल आउनु भयो । बेलायतमा रामै्र जागिर र आम्दानी गर्नु भएका बाँनियालाई नेपाल आएसगै बिदेशमा गरेको दुःख आफनै ठाउमा गरे कमाई पनि गर्न सकिने र दुई चार जनालाई रोजगारी समेत दिन सकिने सोच पलायो । घर वरिपरिका छिमेकीले गरेको मेहनत देखेर बाँनिया पनि आफनै ठाउमा केही गर्ने सोच सहित बिदेश जनाने निर्णय गदै आफनै ठाँउमा कृषि र भैसी पालन गर्ने निर्णय गर्दै तिन जना मिलेर काम सुरु गर्नुभयो ।

तिन जनाको लगानीमा १५ जनाको समुह बनाएर २०७३ सालमा पोखरा १४ रामकृष्ण टोलमा राधिका एकिकृत कृषक समुह गठन गरि कृषि र भैसी पालनमा उनिहरु ब्यस्त भए । १ करोड ५० लाख बराबरको लगानी गरेका उनिहरुले १६ रोपनी जग्गामा तरकारी तथा भैसी पालन गर्दै आएको बताउनु हुन्छ । फर्ममा हाल ३९ वटा भैसी र २२ वटा पाडापाडी सहित रहेका छन् सगै १० रोपनीमा घाँस खेती र बाँयोग्यास पनि स्थापना गरेका छन् ।
दिनरात मिहिनेत गर्दै आएका उनिहरुले दैनिक ८० देखि ९० लिटर दुध बेच्न गरेका छन् समुहका अर्का सदस्य मोहन बहादुर कार्किले बताउनु भयो । दुध भने सिधै फर्मबाटै बिक्री हुने गरेको कार्कीले जानकारी दिनुभयो । फर्ममा हाल ९ जनाले रोजगार समेत पाएका छन् ।

१ रोपनी जग्गामा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाको सहयोगमा सृजना जातका सानो मिठो स्वादिलो टमाटर समेत लगाएको बाँनियाले बताउनु भयो । सोहि ठाँउबाट ८० हजार बराबरको सिमी उत्पादन गरि बेचिसकेको उहाँले जानकारी दिनु भयो ।बिभीन्न जातका तरकारी काक्रो सिमी, साँग टमाटर लागयतका तरकारी लगाउने गरेको उनीहरु बताउछन् । बजारीक्षेत्रका जमिनहरु सबै घडेरीमा परिणत हुनु ,सरकारको अनुदानमा एकरुपता नहुनु ,झन्झटिलो प्रक्रिया बजारको ग्यारेन्टि नहुनु जस्ता कारणले कृषिमा युवाहरु अग्रसर हुन नसकेको उनीहरुको बुझाइ छ ।

लकडाउनको समयमा पनि आफना उत्पादनले बजार नपाएको उहाँको गुनासो छ । बाहिरबाट तरकारी नल्याउने भन्छ सरकार , तर रातारात भित्रयाउछ , हाम्रो उत्पादनले बजार पाउदैन् , कतिपय किसानका उत्पादन कुहिएर गएका छन् , बानियाले भन्नु भयो । वडा नं १४ कृषि संजालका संयोजक समेत रहेका बानियाले सरकारले सस्तो लोकप्रियता कमाउन कृषि सहयोग गरेको बताउनु हुन्छ , “सरकारले प्लास्टिक अनुदान दिन्छ , तेहि पनि वास्तविक किसान छानेर दिदैन् बजारको ग्यारेन्टि गर्नुपर्छ , बिउविजन सहुलियत क्रृण दिनु पर्छ ।”

कृषि क्षेत्रमा लागेका युवाहरुमा कुनै सन्तुष्टि नरहेको उहाँ बताउनु हुन्छ । ७५ प्रतिशत जनशक्ति बिदेशमा रहेको र नेपालमा सोचे जस्तो र भने जस्तो कृषि गर्ने वातावरण नभएको उहाँको भनाइ छ । राजनितिक ब्याक्तित्व मार्फत अनुदान छनौट गरेको उहाँको दावी छ । कृषकको उतपादन राज्यले ग्यारेन्टि लिनुपर्ने भन्दै बाँनियाले गरेको उतपादनले सजिलै बजार नपाउदा समस्या भएको बताउनुहुन्छ । २०७३ सालदेखी फर्म दर्ता गरेर दिनरात आफुहरुले मिहिनेत गर्दै आएपनि हालसम्म घाटामै रहेको बताउनु हुन्छ ।

कार्की भन्नु हुन्छ , सरकारको आँखा पुगेको छैन् कृषि गर्न भनेजस्तो सहज छैन् नत बजारको ग्यारेन्टि छ , नत सरकारको अनुदानको न बजारिकरणको नै ।
“एक थोपा पानी नराखि दुध दिन्छौ, फर्मबाटै बिक्री भएको छ , दुधको लागी समस्या नभएपनि लकडाउनका कारण दाना चोकर सहजै नपाउदा केही समस्या भएको र दुध उत्पादन समेत घटेको छ ,। ”किसानमाथी राज्यको आँखा नपुगेको उहाँको भनाइ छ । लकडाउनको समयमा ३०० देखि ४०० सय केजी काका्र उत्पान भएको बताउदै सहज बजार नपाएको उहाँहरुको गुनासो छ । मूल्य पाइएन् परिश्रम दुख र ज्याला पनि नउठने अवस्था छ , बाहिरबाट तरकारी आउछ लोकल तरकारीले मूल्य पाउदैन् , यस्तो स्थितीले नाफा त परै जाओस् हाम्रो लगानी उठ्छ । नेपालमा कृषि प्रधान देश भनिएपनि कृषि गर्ने वातावरण नबनेको उहाँको बुझाइ छ ।

नेपालवाट दैनिक हजारै युवा रोजगारिका लागि बिदेशीरहेको र उनिहरुलाई रोक्न उत्पादन तर्फ सरकारले ध्यान दिनुपर्ने बाँनियाको भनाई छ । आफु जस्तै देशमा केही गरौ भन्ने युवालाई आर्कषण गर्ने तर्फ सरकारले ध्यान दिनु पर्ने उहाँले बताउनु भयो ।

प्रकाशित मितिः शुक्रबार, जेष्ठ २, २०७७     2:55:30 PM

Tara Chapagain

See all posts by