सर्प संरक्षणमा जुट्दै पोखरेली युवा, लकडाउनमा मात्रै ६६ सर्पको उद्धार

2020-05-14-14341

तारा चापागाई
पोखरा, जेठ १ गते । सर्प संरक्षणमा जुटेका पोखराका युवाहरुले लकडाउनका समयमा मात्र ६६ सर्पको उद्धार गरेका छन् । जङ्गल र आफ्नो बासस्थान छाडेर शहर बजार पसेका सर्पहरुको उद्धार गरेर सुरक्षित स्थानमा छाड्दै आएका छन् ।

अलपत्र परेका सर्पको उद्धारमा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का संरक्षण अधिकृत ऋषि बराल, सर्प संरक्षण समाज नेपालका अध्यक्ष महेन्द्र प्रसाद कातिला, बीएससी बायोलोजी अध्ययनरत २१ वर्षीय रोहित गिरी लगायत ७ जनाको समूहले काम गरिरहेको छ ।

वर्षायाम शुरु भएसँगै घर आँगनमा सर्प देखिन थालेसँगै पाएको सुचनाको आधारमा सर्पप्रेमी एंव संरक्षणकर्मी पोखरेली युवाहरू घर–घरमा पुगेर सर्पको उद्धारमा जुट्नेगरेका हुन् ।
आफ्नो घर आँगनमा सर्प आएपछि बोलाएको ठाँउमा गएर र पाएको सुचनाको आधारमा पोखराका विभिन्न ठाँउमा पुगेर सर्प समाउने र उद्धार गर्ने गरेको बरालले जानकारी दिनुभयो ।

समूहले लकडाउनको समयमा मात्रै गोमन, सिंगारे, धामन, बिराले, चिचिन्डे, हरियो लगायतका जातका सर्प लगायत गरी अहिलेसम्म ६६ वटा सर्पको उद्धार गरेको बरालले जानकारी दिनुभयो । याे काम काम निशुल्क गर्ने गरेको उहाँ बताउनुहुन्छ ।
सर्प समाउनेमा गिरी सबैभन्दा अगाडि हुनुहुन्छ । बाह्र वर्षको उमेरदेखि सर्प समाउन शुरु गर्नुभएका गिरीले मात्र लकडाउनमा ५६ वटा र हालसम्म एक्लैले ५ सयभन्दा बढी सर्पको उद्धार गरिसक्नुभएको छ ।

संरक्षणकर्मी युवाले सर्प उद्धारका लागि जिल्ला प्रशासन कार्यालय, कास्कीबाट पास पनि लिनुभएको छ । डिभिजन वन कार्यालय, कास्कीको सिफारिसमा पहिलेदेखि सर्पको उद्धारमा लागेका युवालाई जिल्ला प्रशासन कार्यालय कास्कीले सर्प उद्धार गर्न भन्दै पास दिएको हो ।

नेपालमा हालसम्म पाइने ८३ प्रजातिका सर्प मध्ये १९ प्रजाति बिशालु रहेको उहाँहरुको भनाइ छ । कास्कीमा ३५ प्रजातीका सर्प रहेको र त्यसमा ५ प्रजाति विषालु रहेको र त्यो संख्या बढन सक्ने अनुमान गरिएको छ ।

सर्प उद्धारको शुरुवात कसरी भयो
२०७३ सालमा सर्प संरक्षण समाज नेपालको स्थापना भयो । जसमा नेपालभरका सर्पप्रेमी आबद्ध रहेको समाजको अध्यक्षमा कास्कीका महेन्द्रप्रसाद कातिला हुनुहुन्छ । जूलोजि (प्राणीशास्त्र) अध्ययन गर्नुभएका बरालले विषालु र अविषालु सर्प पहिचान गर्नुहुन्छ ।
उहाँहरूलाइर्ला विभिन्न ठाँउबाट फोन आउछ । टाढा भए फोटो पठाउन लगाइन्छौछ । सर्प विषाालु हो कि होइन पहिचान गरिन्पछ । फोटो हेरेपछि चिनिने हुँदा सोही अनुसारको सल्लाह दिनेगरेकाे उहाँहरू बताउँनुहुन्छ । याे समूहले घरभित्रको सर्माप त्र उद्धार गरेकाे छ ।

सर्प कसरी समाउने
सर्प भएको ठाँउमा गएर सावधानीपूर्वक अनुसन्धान गरिन्छ । आफुसंँग भएको हुक, चिम्टा लगायतका औजार प्रयोग गरी उद्धार गरी कालो कपडामा राखेर बोरामा हालेर उद्धार गरिन्छ । जुन घरबाट निकालिन्छ, त्यस घरका मानिसलाइर् सर्पबारे केही जानकारी गराउने गरेको बरालले जानकारी गराउनु भयो ।  “धेरै टाढा लान मिल्दैन, नजिकैको जङ्गलमा छोड्छौँ । किनकी उसको बच्चाहरू, फूलहरु नजिकै हुन सक्छ ।” उहाँले भन्नुभयाे ।

सर्पका विशेषता
अरु प्राणीजस्तै सर्प पनि महत्वपुर्ण हुन्छ । यसबाट सर्पले टोकेको औषधिलगायत अन्य औषधि पनि बन्ने गर्छ । यसलाइ संरक्षण गर्नुपर्ने गिरी बताउनुहुन्छ ।
लामो समयदेखि वन्यजन्तु संरक्षणमा क्रियाशील ऋषिले नेपाल सरकारले सर्प संरक्षण र यसको विषबाट बन्ने औषधि निकाल्ने व्यवस्था गर्नुपर्ने बताउनुभयो ।
“जुन सर्पले टोक्छ त्यही सर्पको विषबाट औषधि बनेको हुन्छ । नेपालमा प्रतिविष निकाल्ने व्यवस्था छैन । सरकारले यसतर्फ ध्यान दिनुपर्छ ।” उहाँले भन्नुभयाे ।
बरालकाअनुसार भारतलगायत अन्य देशबाट सर्पले डसेको औषधी ल्याउने गरिन्छ । पोखराको मणिपाल र गण्डकीबाहेक अन्य अस्पतालमा औषधि नभएको उहाँले बताउनुभयो ।

बच्ने उपाय
विषालु सर्पले टोकेको स्थानमा दाँत गाडेको डाम हुन्छ । अविषालु सर्पले टोकेकोमा चिथाेरेको डाम हुन्छ । फोहोर बढी भएको ठाँउमा सर्प आउने भएकोले घरआँगन सफा राख्नुपर्छ । मुसा भ्यागुता सर्पको आहार भएकोले यी खोज्न पनि सर्प घरमा पस्नेगर्छ । आफ्नो सुरक्षाका लागि सर्पले डस्ने भएकोले उसलाइ बिस्तारै निस्केर जाने वातावरण बनाउनुपर्छ । तराइ क्षेत्रमा पाइने विषालु सर्पले तातो खोज्न बिस्तारामा जाने गर्छ र मान्छेले नदेखेपछि कुल्चिने वा दबाउने भएपछि डस्ने गर्छ । आफ्नो बचाउका लागि मात्रै सर्पले डस्ने भएकोले उसलाइ जिस्काउन नहुने संरक्षणकर्मी बताउँछन् ।

प्रकाशित मितिः बिहिबार, जेष्ठ १, २०७७     1:06:40 PM

Tara Chapagain

See all posts by