लकडाउनमा अन्नपुर्ण पदमार्गमा धमाधम सिँढी निर्माण

2020-05-13-14274

तारा चापागाइँ
पोखरा, बैशाख ३१ गते । कास्कीको अन्नपुर्ण गाँउपालिकाको अष्ट्रेलियन क्याम्पमा सिँढी निर्माण गर्न लागिएको छ । पोखरादेखि अन्नपुर्ण आधार शिविर पुग्न सकिने याे बाटो बनेपछि पदयात्रा थप सहज हुनेछ । काडे अष्ट्रेलियन क्याम्प हुँदै पितम देउरालीसम्मको बाटो निर्माण कार्य शुरु भएको गाँउपालिकाका अध्यक्ष युवराज कुँवरले जानकारी दिनुभयो ।

“अन्नपुर्ण आधार शिविर जान लागेका पर्यटक लडेर दुई पटकसम्म हातखुटा भाँचियो, सामान्य घाइते त धेरै भए । गत वर्षबाटै शुरु गर्ने भनेको हो, पर्यटककको चापले बाटो शुरु गर्न नपाएकोले यो मौका छोपेका हौँ, यतिबेला सहज भएको छ ।” कुँवरले भन्नुभयो ।

स्थानीयको पहल स्थानीय मजदुरलाइ नै काम लगाएको अध्यक्ष कुँवरको भनाइ छ । उहाँले काम नपाएका मजदुरलाइ राहतभन्दा ११ ठाँउमा सिँढी बनाउने काममा खटाएको जानकारी दिनुभयो । काम गरेर खान्छु भन्नेलाइ यस गाँउपालिकाले सहज काम लगाउने र कोही भोकै मर्न नपर्पने अध्यक्ष कुँवरको दावी गर्नुभयो ।

गाँउपालिकाको ३० लाख सहयोगमा अन्नपुर्ण ३ काे नयाँ चौतारा सेलिङ तथा गोलडाँडामाथि सिँढी हाल्ने काम भैरहेको निर्माण समितिका अध्यक्ष विकास गुरुङले बताउनुभयो ।
३० जना मजदुरले काम गर्न गरिरहेकाे उक्त ठाँउमा ८८ वटा सिँढी निर्माण एक सय ६५ मिटरमा सेलिङ तथा एक हजार ६ सय १३ वर्गमिटर क्षेत्रफल बिछ्याउने पर्ने हुन्छ । जसको लम्बाइ डेढ किलाेमिटर हुने अध्यक्षले जानकारी दिनुभयो । उहाँले काम एक महिनामा सक्ने बताउनुभयाे ।

प्रकाशित मितिः बुधबार, बैशाख ३१, २०७७     12:49:17 PM

Tara Chapagain

See all posts by