सांसद बिद्या भट्टराईद्वारा पोखराको कोरोना कोषमा पचास हजार सहयोग

पोखरा महानगरको प्रकोप ब्यबस्थापन कोषमा प्रतिनिधिसभा सदस्य बिघा भट्टराईले ५० हजार सहयोग गनुभएको छ । दिबङ्गत नेता रबिन्द् अधिकारीको ५१ औ जन्मजयन्तीको अबसरमा भट्टराईले पोखरा महानगर पालिकाका मेयर मान बहादुर जि सि लाई सो सहयोग रकम हस्तान्तरण गर्नु भएको हो ।

भट्टराईले कोरोना नियन्त्रण र रोकथामको लागि आफुले सहयोग गरेको भन्दै सो को लागि तीन तहका सरकारहरु समन्वय गर्दै अझै उच्च स्तरले लाग्नु जरुरी भएको बताउनु भयो। उहाँले नियन्त्रणमा सरकारले अघि सारेका कार्यक्रमहरुलाइ साथ दिन आम कास्की बासी जनसमुदायलाई आग्रह समेत गर्नु भयो ।
यसै गरि रबिन्द्र अधिकारीको ५१ औ जन्मजयन्तीको अवसरमा रबिन्द्र अधिकारी स्मृति प्रतिष्ठानले पोखरा १७ छोरेपाटनमा स्यानिटाइजर टनेल स्थापना गरेको छ।सो टनेल सोमबार सामाजिक दुरि कायम गर्दै आयोजना गरिएको बिशेष कार्यक्रममा पोखरा महानगरपालिकालाई हस्तान्तरण गरिएको प्रतिष्ठानले जानकारी दिएको छ।

प्रकाशित मितिः सोमवार, बैशाख २२, २०७७     8:01:35 PM

Tara Chapagain

See all posts by