शर्ट फिल्म ‘लकडाउन’ सार्जजनिक (भिडियोसहित)

निर्देशक नेत्र गुरुङले लकडाउनसम्बन्धि छोटो फिल्म बनाएका छन् । ‘लकडाउन’ नै नाम दिएर निर्माण गरिएको छोटो फिल्ममा तत्कालिन रुपमा लकडाउनले पारेको प्रभावलाई देखाउन खोजिएको छ ।

त्यसो त लकडाउनले समाजका थुप्रै पक्षलाई उत्तिकै समस्यामा पारेको छ । र, त्यस्ता केही पक्षलाई त झन् यसले निकै आहत पु¥याएको छ । ‘कोरोना संक्रमणको विश्वव्यापी असरलाई कम गर्न नेपाल सरकारले लकडाउन गर्दा समाजका केही सामाजिक मान्यताहरु पनि भत्किएका छन् ।’ निर्देशक नेत्र गुरुङले भने–‘यही कुरालाई हामीले सिम्बोलिक रुपमा यो फिल्ममार्फत भन्न खोजेका हौँ ।’ निर्देशक गुरुङले यो फिल्म जापान र नेपालमा खिचिएको बताए । ‘हामीले फिल्म खिच्ने बेलामा लकडाउनमा मान्नुपर्ने सरकारी नियमलाई पूर्णरुपमा पालना गरेका छौँ ।’ निर्देशक गुरुङले भने ।

नेत्र इन्टरटेनमेन्ट प्रालिको युट्युब च्यानलमार्फत सार्वजनिक छोटो फिल्ममा प्रमिला तुलाचन, विजयराज अधिकारी, राज पोखरेल, प्रकाश गौतम लगाएको अभिनय रहेको छ । फिल्मलाई प्रकाश गुरुङ ‘काश’ र रोशन कार्कीले खिचेका हुन् । फिल्मको सहनिर्देशकमा भरत छन्त्याल र बिनोद ढकाल रहेका छन् ।

नेत्र इन्टरटेनमेन्टको ब्यानरमा बनेको छोटो फिल्म ‘लकडाउन’मा नमस्ते टोक्यो र जक्शन डटकमले विशेष सहकार्य गरेका छन् ।

नेत्र इन्टरटेनमेन्टले कोरोनाको प्रकोपसँगै नेपालमा गरिएको लकडाउनले समाजको विभिन्न आयाममा पारेको प्रभावलाई फरक फरक छोटो फिल्म मार्फत समेट्ने जनाएको छ । कम्पनीले चाँडै नै लकडाउनमा नेपाल सरकारले बाँड्ने राहतको विषयमा पनि अर्को फिल्म सार्वजनिक गर्दे बताएको छ । छायाँकन सकिईसकेको छोटो फिल्म ‘राहत’को यतिबेला पोस्ट प्रोडक्शनको काम भैरहेको कम्पनीले जनाएको छ ।

प्रकाशित मितिः आइतवार, बैशाख १४, २०७७     8:58:27 PM

Tara Chapagain

See all posts by