नेपाल दुरिजम एण्ड होटल मेनेजमेन्ट कलेज अनलाइन क्लास संचालन

नेपाल दुरिजम एण्ड होटल मेनेजमेन्ट कलेज पोखरामा अनलाइनक्लास संचालन भएको छ ।

कोरोनाभाइरसको (कोभिड १९) संक्रमणले आक्रान्तभएको बेला विद्यार्थीहरुमा यसको मनोवैज्ञानिक असर नपरोस र विद्यार्थीहरुलाई पठन पाठनवाट टाढा रहेका दिनको लागि कलेजका प्रिन्सिपल प्रकाश रेग्मीले अनलाइनक्लास सन्चालनमा ल्याएको जानकारी गराए । बैशाख ५ गतेबाट अनलाइनक्लास शुरु भएको उनले बताए ।

हाल गिवि.एच.एम तेश्रो सेमेस्टर र कक्षा ११ को एकाउन्ट ,वि.एच.एमको ११ देखि १२ बजे र कक्षा ११ को १२.३० देखि १.३० सम्म अनलाइन क्लासहरु संचालन भैराखेका छन् ।  क्लासहरु सोहि कलेजमा पढाउने शिक्षक सूर्य गिरिले लिदै आएको रेग्मीले बताए ।

आवश्यक परेमा अन्य विषयको पनि अनलाइन क्लास संचालन गछौं उनले भने विद्यार्थीहरुलाइ घरमै बसी आफ्नो शिक्षकसंग अध्ययनगर्न सुर्वण अवसर पाएको रेग्मीको भनाइ छ । केहीबिद्यार्थीहरु घर (गाांउ) गएकाले सबैलाइ समेट्न नसकेको रेग्मी वताउदै उनले प्रविधिमैत्री सिकाइ अहिलेको आवश्यकता भएको कुरा जोड दिए ।

प्रकाशित मितिः आइतवार, बैशाख ७, २०७७     6:56:46 AM

Tara Chapagain

See all posts by