खेलाडीलाई सरकारले प्रोत्साहन गर्नुपर्छ

आफना टोल छिमेकका दाजुहरु फुटबल खेलेको देखेसगै आफु पनि खेल्न पाए कस्तो हुन्छ हेला भन्दै करिव ६÷७ वर्षको उमेरमै प्रदिप खडकाले फुटबल खेल्न सुरु गरे । सुरुमा फुटबल खेल्न सुरु गर्नुभएका प्रदिप आफुभन्दा सिनिएर दाईहरुले लङ टेनिस खेलेको देखेसगै आफनो ध्यान पनि त्यसमै खिचिएपछि ८ वर्षको उमेरदेखी आफु पनि खेल्न सुरु गरेको सम्झन्छन् । हाल २० वर्ष पुगेका प्रदिप लगातार १२ बर्षदेखी टेनिस खेलमै आबद्ध छन् ।

यस क्रममा राष्टिय तथा अन्र्तराष्टिय प्रतियोगितामा सहभागि भै सकेका उनले गत मंसिरमा नेपालमा सम्पन्न १३ औ दक्षिण एशियाली खेलकुदमा नेपाललाई कास्य पदक दिलाउन सफल ुभए । त्यस अघि सम्पन्न ८ औ राष्ट्रिय खेलकुदमा कास्य पदक हात पार्नुभएका प्रदिपले यि सगै स्थानिय तथा राष्ट्रिय स्तरमा आयोजना गरिएका विभिन्न प्रतियोगिताहरुमा पदक समेत जितेका छन् । ओखलढुङा जिल्ला स्थायी घर भएका प्रदिपको जन्म भने पोखरामा भएको हो । बावु आमा रोजगारीको क्रममा पोखरा आएर बसेसगै प्रदिपको जन्म पोखरामा भएको थियो ।

लगातार खेल क्षेत्रमै आफनो समय खर्चिएका उनी भएका प्रदिपले पढाईलाई भने खेल जस्तै अघि बढाउन नसकेको बताउनछन् । प्लस टु सम्म अध्ययन गर्नुभएका उनले अव खेल सगै आफनो अध्य्यनलाइ समेत सगै अगाडी बढाउने तयारीमा जुटेका छन् । नेपालमा शिर्ष वरियताका खेलाडीमा आफनो स्थान सरक्षित बनाएका उनी गर्नुभएका अवको ५÷६ वर्ष टेनिस खेल्ने र त्यसपछि प्रशिक्षक भएर काम गर्ने सोच सहित अघी बढ्ेक छन् ।
गत सागमा कास्य पदक जित्दा आफनो जिवनमै सवैभन्दा धेरै खुसी लागेको बताउने खड्का हाल भने हाल निराश बनेको बताउछन् । उनी भन्छन् “सागमा पदक जित्दा जिवनमा सबैभन्दा खुशी सगै त्यसवेला खुशीको सिमानै थिएन, देशका लागी धेरै गर्ने सोच छ तर हाम्रो देशमा खेलाडीका लागी सरकारले जसरी हेर्नु पर्ने हो त्यो भने छैन् ।

सागमा पदक विजेताहरुलाई सरकारले दिने भनेको पुरस्कार र सहभागी वापतको १० दिनको भत्ता प्रतियोगिता सकिएको करिब ५ महिना पुग्दा समेत नपाएउदा आफु जस्तै धेरै खेलाडीमा निराशा छाएको प्रदिपको भनाई छ । “खेल सकिएको डिसेम्बरमा हो अप्रलि भैसक्यो दिने भनेको भत्ता अहिले सम्म पाइएको छैन् ।” १० दिनको भत्ता दिने कुरा थियो, खाता नं पनि मागियो तर अहिलेसम्म पाईएको छैन् । कति पाउने हो त्यो पनि थाहा छैन् ।

सरकारले पदक दिलाउनेलाइ नगद पुरस्कार दिने कुरा थियो त्यो पनि कहिल पाउने हो पत्तो छैन । आशा छ लकडाउन पछि पाईनेछ, सरोकारवाला हरुको यस्मा ध्यान जाओस् । कोरोना सक्रमणका कारण हाल देशमा विगत तिन सातादेखी लकडाउन छ । जस्का कारण सबै क्षेत्र समस्यामा छन् । लकडाउनका कारण खेल क्षेत्रपनि प्रभावित बनेको छ । धेरै खेलाडीलाई के खाँउ कसरि दैनिकी चलाउ भन्ने समस्या छ, यस्तो बेला सरकार र खेल क्षेत्रका सरोकारवाला निकायले खेलाडीहरुलाई हेर्नु पर्ने हो तर कसैको ध्यान जान सकेको छैन ।

देशलाइ पदक दिलाउनका लागि खेलाडीहरु रात दिन नभनी घर परिवार सगै पढाइ सवैलाई छाडी देशको लागि लागे तर समस्यामा पर्दा कतैवाट सहयोग पाईएन प्रदिपले गुनासो गरे । सागमा पदक विजेतालाई सरकारले दिने भनेको रकम पाउन पाए केही खेलाडीको दैनीकिमा केही राहत मिल्ने थियो । समस्याका परेका वेला सरकारल सहयोग गरि खेलाडीको हैसला बढाउने काम गर्नु पर्ने हो तर त्यसो गरेको पाईएन, दिन्छु भनेको र पाउनु पर्ने रकम पनि पाएनै । देशका लागि खेल्ने आफुजस्तै खेलाडी समस्यामा परेका वेला सरकारले हेदैन भने खेलाडीको हौसला कसरी बढ्छ भन्दै प्रदिपले प्रश्न समेत गरे ।

अन्य देशमा सरकरले खेलाडीलाई धेरै सुविधा दिने गरेका छन् छर नेपालमा भने खेलाडीका लागी कुनै सुविधा छैन, जस्का कारण बेला बेलामा नैरास्यता पैदा हुन्छ र खेल क्षेत्र छाडै जस्तो पनि हुन्छ । आफनो विगत सम्झदै प्रदिपले भने सानो छदै बुवाले अर्को बिहे गरेर छुटै बसेपछि भाइ आफु र आमा बस्दै आएको र जिविकाको लागि सानो पसल संचालन गरि गुजारा चलाइरहेको बताउछन् । सरकारले राहत दिएमा केहि सहज हुने भनाई उनको छ । लकडाउनको अवस्थामा घरमा बसेर शरिर फिट राख्नका लागी बिभीन्न कामहरु गरेको खड्काको भनाई छ ।

प्रकाशित मितिः शनिबार, बैशाख ६, २०७७     12:41:36 PM

Tara Chapagain

See all posts by