किशोरीमाथि सामूहिक बलात्कार

कैलाली । कैलालीमा एक किशोरी सामूहिकरूपमा बलात्कृत भएकी छन् । घटनापछि त्यसमा संलग्नको आरोपमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको गौरीगंगा नगरपालिका–१ कि १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको हो ।

आफन्तलाई भेटेर गएराति घर फर्किंदै गरेकी किशोरी खुरखुरियानजिकै सामूहिक बलात्कारमा परेको उजुरी परेको जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले जानकारी दिए ।

प्रहरी नायब उपरीक्षक बस्नेतका अनुसार, बलात्कृत किशोरीले आफूमाथि कुटपिट गर्दै बलात्कार गरेको बयान दिएकी छन् । घटनामा संलग्नको आरोपमा ४ जनालाई धारिलो हतियार र मोटरसाइकलसहित बरामद गरिएको बस्नेतले जानकारी दिए ।

प्रकाशित मितिः मङ्लबार, बैशाख २, २०७७     5:17:26 PM

Tara Chapagain

See all posts by