सिद्धेश्वर मन्दिर बैदाममा कार्तिक महात्म्य ज्ञान महायज्ञ


गणेश पहारी, कार्तिक १७ । सिद्धेश्वर मन्दिर पोखरा ६ बैदाम शन्तिपथको आयोजनामा कार्तिक महात्म्य संगितमय ज्ञान महायज्ञ आइतबार सुभारभ्भ भएको छ । यहि आउँदो कार्तिक १७ गते देखी २३ गते सम्म संचालन हुने महायज्ञको प्रमुख अतिथि केदारेश्व महादेव मन्दिर बैदामका अध्यक्ष तथा पीठाधीश डा. श्री लेखनाथ आर्चायले कार्यक्रमको उद्घाटन गर्दै ज्ञान महायज्ञ र महात्मा जस्ता कार्यक्रममा भक्तजनहरु सहभागि भई ज्ञानको श्रवण गरेमा मानिसहरुको मनमा भएको नकरात्मक बिचार हटेर जाने बिचार ब्यक्त गरे ।


७ दिन सम्म संचालनमा रहने महात्म्य संगितमय ज्ञान महायज्ञको दिग्दर्शक बाचन, शिरोमणी पं दिपक प्रसाद सापकोटाले कथा वाचन गर्ने, यहि आउँदो २२ गते हरिबोधनी एकादशीलाई लक्षित गरि महात्म्य ज्ञानको आयोजना गरिएको कार्यबाहक उपाध्यक्ष टंकनाथ पहारी जानकारी दिए । सिद्धेश्वर मन्दिर पोखरा ६ बैदाम शान्तिपथको प्राङ्गणमा सात दिन सम्म चल्ने उक्त महायज्ञमा करि १० हजार भक्तजनहरुको सहभागिता रहने विश्वास आयोजको रहेको छ । कार्यक्रम संचालन गर्ने स्थानिय संघ संस्था, आमा समुह र भक्तजनहरुको स्वच्छेक आर्थिक सहयोगमा महायज्ञ संचालन गर्ने लागिएको र कार्यक्रम सफल बनाउन करिब २ लाख खर्च लाग्ने र महायज्ञबाट करिब २ लाख ५० हजार आम्दानी हुने आयोजकको अनुमान रहेको छ । कार्यक्रम पश्चायत बचत रकमलाई सिद्धेश्वर मन्दिरको जिर्णोदारमा खर्च गरिने कोषाअध्यक्ष लक्ष्मी पहारीले जानकारी दिए ।

प्रकाशित मितिः आइतवार, कार्तिक १७, २०७६     12:28:29 PM

Ganesh Pahari

See all posts by