कांग्रेस नेता रमेश लेखकलाई पितृशोक

 नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री रमेश लेखकलाई पितृ शोक परेको छ। उनका पिता डा प्रयागदत्त लेखकको ८९ वर्षको उमेरमा शुक्रबार राती १० बजे निधन भएको हो। उपचारका क्रममा काठमाडौंको नर्भिक अस्पतालमा डा प्रयागतत्त लेखकको निधन भएको रमेश लेखकका स्वकीय सचिव जनक भट्टले जनाएका छन् । लेखक केहि समयदेखि अस्वस्थ रहँदै आएका थिए।

डा प्रयागदत्तको पार्थिक शरीरलाई काठमाडौंको नैकापस्थित निजी निवासबाट शनिबार विहान पशुपती आर्यघाटमा अन्तिम श्रद्धाञ्जली अर्पण गरि अन्त्यस्टी गरिने पारिवारिक स्रोतले जानकारी गराएको छ । डा प्रयागदत्त लेखकलाई अन्तिम श्रद्धाञ्जली दिन तथा कांग्रेस नेता रमेश लेखक सहित लेखक परिवारलाई समवेदना दिन नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरु पशुपतिस्थित आर्यघाट पुगेका छन्।

प्रकाशित मितिः शनिबार, भदौ ७, २०७६     9:47:56 AM

Ganesh Pahari

See all posts by

Leave a Reply

Your email address will not be published. Required fields are marked *