भारतसँग अब वार्ताको अर्थ छैन : पाकिस्तानी प्रधानमन्त्री इमरान खान

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले काश्मीर मुद्दामा अब भारतसँग वार्ताको कुनै अर्थ नरहेको बताएका छन् । खानले काश्मीरका विषयलाई लिएर दुई परमाणु शक्ति सम्पन्न देशबीच भएको तनाव खतरापूर्ण भएको  बताए ।

न्युयोर्क टाइम्ससँग उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग वार्ताका लागि  कोसिस गरे पनि मोदीले अस्वीकार गरेको बताएका छन् । खानले अन्तर्वार्तामा भनेका छन्, ‘अब वार्ता गर्नुको कुनै अर्थ छैन । मैले वार्ताका लागि धेरै कोसिस गरें । दुर्भाग्य † यो कोसिसलाई मोदीले हल्का रूपमा लिए । अब योभन्दा बढी केही गर्न सकिँदैन ।’ भारतले जम्मू काश्मीर राज्यलाई प्राप्त विशेष राज्यको दर्जा समाप्त पार्ने भारत सरकारको निर्णयपछि पाकिस्तान भारतसँग रुष्ट बनेको छ ।

जम्मु काश्मीरको स्वायत्तता खोसेको भारतले त्यहाँ लाखौंको संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ । काश्मीर संसारकै सबैभन्दा बढी सैन्यकरण गरिएको क्षेत्र हो । पाकिस्तानले यो मुद्दालाई राष्ट्रसंघ सुरक्षा परिषद्मा समेत पु¥याएको छ भने भारतकै कतिपय विपक्षीले मोदी सरकारको यो निर्णयको कडा आलोचना गरेका छन् । भारत सरकारले काश्मीर बिस्तारै सामान्य अवस्थामा फर्किंदै गरेको दाबी गर्दै आएको छ । यद्यपि, शिक्षण संस्था अझै बन्द छन् भने कफ्र्युको जारी नै छ । यसकारण, ४ जनाभन्दा बढीको संख्यामा हिँडडुल गर्न रोक लगाइनुका साथै सञ्चारका साधनमाथिको प्रतिबन्ध कायमै छ ।

भारतले काश्मीरबारे पाकिस्तानले भनेका कुरा आधारहीन भएको दाबी गर्दै आएको छ । पाकिस्तानले मोदी सरकारको निर्णयलाई जर्मनीको नाजी सरकारसँग तुलना गरिरहेको छ । काश्मीरका अधिकांश नेता हिरासत र नजरबन्दमा छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो मुद्दामा मध्यस्थता गर्ने इच्छासमेत व्यक्त गरेका छन् ।

भारतले काश्मीरको स्वायत्तता खोस्ने निर्णय आफ्नो आन्तरिक मामला भएको बताउँदै आएको छ । पाकिस्तानी प्रधानमन्त्री आनले अन्तर्वार्तामा भनेका छन्, ‘सबैभन्दा ठूलो कुरा काश्मीरका ८० लाख मानिसमाथि खतराको बादल मडारिरहेको छ । हामीलाई यहाँ भारतले नरसंहार मच्चाउने र धर्मको आधारमा हत्या गर्न सक्ने डर छ ।’

अमेरिकी राष्ट्रपति ट्रम्पले भनेका थिए, ‘काश्मीरको अवस्था विस्फोटक छ ।’ गत महिना मात्रै पाकिस्तानी प्रधानमन्त्री इमरान खानले अमेरिका भ्रमण गरेका थिए । यो भ्रमणबाट अमेरिकाले गत वर्ष सुरक्षा बजेट कटौती गरेपछि बिग्रिएको सम्बन्धमा सुधार भएको छ ।

प्रकाशित मितिः शुक्रबार, भदौ ६, २०७६     9:52:55 AM

Ganesh Pahari

See all posts by

Leave a Reply

Your email address will not be published. Required fields are marked *