पोखरामा लागुऔषध ब्राउन सुगर सहित २ जना पक्राउ

गण्डकी प्रदेश प्रहरी कार्यालयको विशेष अनुसन्धान टोलिले पोखरा २ बसपार्क क्षेत्रबाट लागूऔषध ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोहि स्थान बस्ने २६ वर्षिया रचना गिरी र ३८ वर्षिय बिमल लामा रहेको जनाएको छ ।

पक्राउ परेका उनिहरुका साथबाट प्रहरीले विभिन्न परिमाण पोका पारि राखेको ब्राउन सुगरका पोका फेला पारेको बताए । पक्राउ परेका उनिहरुलाई थप अनुसन्धान लागि वडा प्रहरी कार्यालय बगर पठाईएको प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः शुक्रबार, भदौ ६, २०७६     9:44:40 AM

Ganesh Pahari

See all posts by

Leave a Reply

Your email address will not be published. Required fields are marked *