पहारी महिलाहरुको तिज बिशेष सहित पुर्नमिलन कार्यक्रम


गणेश पहारी । पोखरा, ५ भदौ । पहारी महिलाहरुको तिज बिशेष सहित पुर्नमिलन कार्यक्रम बुधबार सम्पन्न भएको छ । पहारी महिला उप समिति पोखरा ६ बैदामको आयोजनामा भएको कार्यक्रममा पोखरा महानगर पालिका सहित कास्की जिल्लामा रहेका पहारी महिलाहरुको उल्लेख्य मात्रामा सहभागिता रहेको थियो । “बृद्धहरु समाजका गहना हुन, हामीले नहेरे कस्ले हेरछ” भन्ने भावनालाई उदघोष गर्दै समितिले ७० बर्ष उमेर काटेका करिब ३० जना बृद्ध आमाहरुलाई दोसला सहित सम्मान पत्रले सम्मान गरेको सचिब शोभा पहारीले बताएकी छन । कार्यक्रमका प्रमुख अतिथि बयोवृद्ध कौशिला पहारीले कार्यक्रमको उद्घाटन गर्दै नेपाली महिलाहरुको महान चाड हरितालिका तिजलाई हासी खुशि मनाउन सबैलाई आग्रह गरिन ।


अध्यक्ष तला पहारीले नेपाल भरी नै छरिएर रहेका पहारी दिदिवहिनी र चेलीबेटीलाई एक आपसमा समेट्नका लागि कार्यक्रमको आयोजना गरिएको बताएकी थिइन । विषेश अतिथि पहारी कुल संरक्षण समितिका अध्यक्ष गोविन्दराज पहारीले पहारीले दिदिवहिनी, चेलिबेटीहरु एक आपसमा अपचित जस्तै भएकोले चिनजान सहित दुख शुःख साटासाट गर्नेका लागि यो कार्यक्रमको आयोजना गरिएको बताएका छन । उनले बर्तमान समयमा तिज पर्वलाई भडकिलो र हुने खाने महिलाहरुको मात्र हा,े भन्ने भ्रमलाई हटाउन आग्रह गर्दै सरल र भडकिलो मुक्त तिज मनाउन जोड दिए थिए ।


अतिथी पोखरा महानगर पालिका वडा नं ६का अध्यक्ष तथा सचिब जगत बहादुर पहारीले महिला दिदि बहिनीहरुले तिज पर्वलाई भडकिलो तिज बनाएकोले समाजमा धनि र गरिबको दुरी बडदै गएको बताए । उनले कुनै पनि चाड पर्वलाई धनि र गरिबको रुपमा नर्हेर्न महिला दिदिबहिनीलाई आग्रह गर्दै तिज पर्वलाई भडकिलो मुक्त तिज बनाउनु पर्ने धारण ब्यक्त गरे । कार्यक्रममा पूर्व अध्यक्ष तथा समाज सेबी प्रेमराज पहारीले, गैर सरकारी संस्था महासंघका कास्कीका अध्यक्ष पदमराज पहारी र उपाध्यक्ष बिजया पहारी लगाएतका बक्ताहरुले महिलाहरुको महान पर्व हरितालिका तिज पर्वलाई हासी, खुशिका र रमाइलोका साथ मनाउनु पर्ने बताउदै संस्थाले महिला दिबहिनीहरुलाई एकै ठाउँमा सहभागि गराई माइती सम्झाउने र दुख सुःख बुझ्ने कार्य गरेकोमा संस्थाको प्रशंसा गरेका थिए ।


समितिले नेपाल भरी रहेका सम्पूर्ण पहारी थरहरुको हक हित, गरिब जेहेन्दार मेधाबि विद्याथी देखी गरिब असायहरुको सहयोगको लागि अक्षयकोषको स्थापना गरेको छ । करिब ५० लाखसम्मको अक्षयकोष बनाउने लक्ष्य लिएको समितिमा बुधबार प्रेमराज पहारीले ५१ हजार १ सय ८९ रपैया, हेमा पहारीले ५१ हजार, पुर्णचन्द्र पहारीले ५१ हजार र सुमित्रा पहारीले ५१ हजार रुपैया अक्षय कोषका लागि प्रदान गरेको कोषाअध्यक्ष परशुराम पहारीले जानकारी दिएका छन । हरितालिका तिजको अबसर पारेर आयोजना गरिएको पुर्नमिलन कार्यक्रममा महिला दिदी बहिनीेहरुको नाचगान सहित संाँगितीक कार्यक्रमको आयोजना गरिको थियो । संस्थाका अध्यक्ष लता पहारीको सभा अध्यक्षतामा कार्यक्रममा सम्पन्न भएको थियो ।

प्रकाशित मितिः बिहिबार, भदौ ५, २०७६     8:40:43 AM

Ganesh Pahari

See all posts by

Leave a Reply

Your email address will not be published. Required fields are marked *