विमानमा आगो लाग्यो

एयर इन्डियाको अलायन्स एयरको विमानमा आगलागी भएको छ । भारतको नयाँ दिल्लीबाट जयपुर जाँदै गरेको विमानमा सोमबार राति आगो लागेको हो । राति ८ बजे दिल्लीबाट जयपुरका लागि उडेको विमानको उडान भरेको केही समयमै ल्यान्डिङ गियरमा खरावी आएपछि दिल्ली विमानस्थलमा इमरजेन्सी ल्यान्डिङ गरिएको थियो ।

ल्यान्डिङ गर्दा आगलागी भएको हो । तर ५९ यात्रु सकुसल छन् । एयरलाइन्सका प्रवक्ताका अनुसार एआई ९६४३ नम्बरको विमानमा खरावी आएको र यात्रुहरु सबै सुरक्षित रहेका छन् ।

प्रकाशित मितिः मङ्लबार, भदौ ३, २०७६     8:34:25 AM

Ganesh Pahari

See all posts by

Leave a Reply

Your email address will not be published. Required fields are marked *