गल्ती सच्याउनुपर्छ : नेपाल

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा भएका गल्तीहरु सच्याउँनुपर्ने आवाज उठाएका छन् । नेकपा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालपछिको मर्यादा क्रममा रहेका नेपाललाई अर्का बरिष्ठ नेता झलनाथ खनाल पछिको मर्यादा क्रममा राख्ने निर्णय भएसंगै उनले यस्तो आवाज उठाएका छन् ।

जनकपुरधाममा सोमबार सञ्चारकर्मीसंग कुरा गर्दै बरिष्ठ नेता नेपालले पार्टीको सचिवालय, बिभाग गठन लगायतका कमिटीमा बरिष्ठहरुलाई पाखा लगाएर कनिष्टलाई राखिएकोमा आपती जनाउँदै सच्याउँनुपर्ने माग गरेका छन् । ‘पार्टी सचिवालय देखी बिभागसम्ममा बरिष्ठ नेतालाई पाखा लगाईएको छ’ नेपालले भने, ‘पार्टीमा भएका गल्तीहरु सच्याउँनुपर्छ ।’

अध्यक्ष पछिको दोस्रो मर्यादा क्रममा रहेका नेता नेपाललाई पार्टीमा चौथो मर्यादा क्रममा राखिएपछि आक्रोशित देखिएका हुन् । तर उनले उठाएका माग जायज रहेको देखिन्छ । कतिपय वरिष्ठ नेतालाई पाखा लगाउँदै सचिवालय, बिभागमा ल्याएको छ ।

‘नेकपा एमालेको पूर्व विधान बमोजिम झलनाथ खनाल नै दोस्रो वरियताक्रमका वरिष्ठ थिए तर उनलाई विभिन्न प्रकारले अपमान गरियो दोस्रो चरणमा मलाई अपमान गर्ने प्रयास गरियो,’ नेपालले भने ।

नेकपाको आइतबारको सचिवालय बैठकले नेपालको वरियता फेर्ने निर्णय गरेको थियो । जुन कुरा नेपाललाई अघिल्लो दिन नै थाहा थियो । उनले अध्यक्ष दाहाललाई आफ्नो निवास कोटेश्वर बोलाएर त्यसो गरिए आफूले नसहने र पार्टीमा ‘बबण्डर’ हुनसक्ने चेतावनी दिएका थिए ।

नेपालको मर्यादा क्रममा फेर्ने निर्णय भएको बैठकमै उनले तत्कालिन एमालेका तीन जना उपाध्यक्षहरू भिमबहादुर रावल, अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीलाई पनि सचिवालयमा ल्याउनुपर्ने बताए । तीनै नेताहरू गत महाधिवेशनमा नेपाल खेमाबाट विजयी थिए । तत्कालीन एमालेकी एक जना उपाध्यक्ष विद्यादेवी भण्डारी राष्ट्रपति भएकी थिइन् भने एक उपाध्यक्ष बामदेव गौतममात्र सचिवालयमा छन् । जो पछिल्लो समय उपाध्यक्ष भएका छन् ।

बाँकी तीन उपाध्यक्षभन्दा तलका महासचिव ईश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेल सचिवालयमा रहे पनि तीन उपाध्यक्षमाथि अन्याय भएको बताउँदै नेता नेपालले सच्याउँनुपर्ने माग गरेका छन् । यधपी यस बिषयमा अहिले सम्म कुनै निर्णय हुन सकेको छैन् ।

प्रकाशित मितिः मङ्लबार, भदौ ३, २०७६     8:25:50 AM

Ganesh Pahari

See all posts by

Leave a Reply

Your email address will not be published. Required fields are marked *