रवि लामिछानेलाई पाँच दिन हिरासतमा राखी अनुसन्धान गर्न अनुमती

पत्रकार रवि लामिछाने सहित तीन जनालाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको छ । जिल्ला अदालत चितवनले पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्ने समय दिएको हो । प्रहरीले लामिछाने सहित पक्राउ परेका युवराज कँडेल र अस्मिता कार्कीलाई बिहीबार पक्राउ गरेर शुक्रबार अदालतमा उपस्थित गराएको थियो ।

प्रहरीले अनुसन्धानका लागि १० दिनको समय माग गरिएको थियो । पत्रकार शालिकराम पुडासैनीले साउन २० गते चितवनको एक होटलमा आत्महत्या गरेका थिए ।

प्रकाशित मितिः शनिबार, साउन ३२, २०७६     8:48:55 AM

Ganesh Pahari

See all posts by

Leave a Reply

Your email address will not be published. Required fields are marked *