“सांसदपद बाट राजिनामा दिन्छु तर गुठीको जग्गा कसैलाई दिन्यौ” — राजिब पहारी


गणेश पहारी । पोखरा, २८ साउन । गण्डकी प्रदेशका सांसद तथा यूवा नेता राजिब पहारीले “सासद पद गए बरु मतलव छैन तर तालबाराही गुठीको जग्गा कसैलाई छुन नदिने बताएका” छन । राज्यमा भुमाफियाहरुले राज्यको सार्वजनिक जग्गालाई कु दृष्ट्रिले हेर्ने गरेकाले आफ्नो क्षेत्रको सार्वजनिक जग्गालाई आफुहरुनै संरक्षणमा जुट्न स्थानियलाई आग्रह गरेका छन । मंगलबार तालबाराही मन्दिर गुढी ब्यवस्थापन समितिले आफ्नो स्वामित्वमा रहेको ५५ रोपनी गुठीको जग्गालाई गुठी सस्थानले लिजमा दिन लागेको विरोध स्वरुप पोखरा ६ बैदाममा गरेको वृहत वडा भेलामा सम्बोधन गर्ने क्रममा उक्त कुरा बताएका छन । हामीहरु एक आपसमा राजनैतिक प्रतिसोध नसाधौ आफ्नो क्षेत्रको सार्वजनिक जग्गा एक आपसमा मिलेर जर्गेना गर्ने कार्यक्रममा उपस्थिति सवैलाई आग्रह गरे ।

‘तालबाराही मन्दिर ब्यवस्थापन समिति र गुठीयारहरुको एक आपसमा प्रतिरोध साध्नाले यो अवस्था आएको बताउदै अव गुठी जोगाउन हामी सबै एक जुट हुने अवस्था आएर्को’ उनले भने । सांसद पहारीले आफु यसका बारेमा सांसदमा सार्वजनिक महत्वको विषयमा टेवल गर्ने बताउदै प्रदेश सरकारले यस समस्यालाई समाधान गर्ने तर्फ पहल नगरेमा आफु सांसद चल्नै नदिने ठोकुका गरे । सय भारी खर काटने लाई र सय भारी खर जलाउने मान्छे लाई एउटै ब्यवहार गरेमा आफ्नो लागि घातक हुने चेतावनी समेत दिए । चाडो भन्दा चाडो यो यसका विरुद्ध अदालतमा मुद्धा दायर गरि स्टे अडर लिन ब्यवस्थापन समितिलाई सुझाव दिए ।


पोखरा महानगर पालिका वडा नं ६का वडा अध्यक्ष जगत बहादुर पहारीले राजनैतिक नेताका छोरा छोरीनै सार्वजनि जग्गा हडप्न लागि परेको बताउदै राजनैतिकको खोल ओडेर भमाफिया सलबलाइ रहेका हुनाले तेस्ता ब्यक्तिलाई समयमै चिन्न आग्रह’ गरे । तालबाराहीको गुठी जग्गालाई कुनै पनि हालतमा लिजमा नदिने भन्दै आफुले दिलो ज्यान दिएर यसका विरुद्ध लाग्ने प्रतिबद्धता जनाए छन । कार्यक्रममा बिभिन्न ब्यक्ति र संघ सस्थाका प्रतिनिधिहरुले एक्यबद्धता जनाउदै मन्दिरको जग्गा मन्दिरकै प्रयोजनका लागि प्रयोग गर्नु पर्ने बताउदै गुठीको जग्गा सुरक्षाका लागि आफुहरुले कुनै पनि कदम चाल्न तयार रहेको बताए । अहिले भुमाफियाहरुले नेपालको ३८ हजार रोपनि जग्गालाई माफियाहरुले आफ्नो नाममा बनाएको जानकारी दिदै सरकार माफियाहरुको गिद्धे द्रष्ट्रि प्रति सजग रहन आग्रह गरेका थिए ।


समितिका अध्यक्ष हिकमत बहादुर कुवँरले मन्दिरको गुठी जग्गा लाई कुनै पनि हालतमा भाडा दिन दिने छैन्यो भन्दै बरु आफ्नो ज्यान जाओस तर मन्दिरको जग्गा मन्दिर प्रयोजनका लागि प्रयोगमा ल्याउने बताउदै संर्घस समिति बनाएर आफु अगाडि बढ्ने बताए । गुठी संस्थानले पोखरा महानगर पालिका वडा न १८ मा रहेको तालबाराही मन्दिरको स्वामित्योमा रहेको ६९ रोपनी मध्य ५५ रोपनी जग्गालाई ३९ बर्षका लागि भाडामा दिने गोखरापत्र राष्ट्रिय दैनिकमा अषाढ १० र १२ गते पिज्ञापन छपाई गरी भाडामा दिने प्रक्रिया अगाडी बढाएको थियो ।

प्रकाशित मितिः मङ्लबार, साउन २८, २०७६     9:51:11 PM

Ganesh Pahari

See all posts by

Leave a Reply

Your email address will not be published. Required fields are marked *