पोखरा महानगर पालिकाको सर्भर डाउनले सेवा ग्राहीलाई सास्ती


गणेश पहारी, पोखरा । २८ साउन,मगलबार । पोखरा महानगरपालिका को सर्भर डाउन हुदा सेवाग्राहीले हैरानी ब्यहोनु परेको छ । विहानै देखी पोखरा महानगर पालिका वडा न ६ को कार्यलयमा राजश्व तिर्न आउने सेवा ग्राहीको दैनिककी विहान आउने र बेलुका फर्कने भएको छ । विहान १० बजे कार्यलयमा आयो ४ बजे सम्म बस्यो अनि घर गयो फेरी पुन भोली पल्ट आयो दिन चर्या नै यसरी बितेको छ पोखरा ६ बैदाममा ब्यवसाय गदै आएकी ऐश्र्वय सुवेदीको पसल दर्ताको लागि आएकी हु उनले भनिन, २ दिन देखी पसल बन्द गरेर आएकी सुवेदीले नयाँ नेपाल सम्वृद्ध नेपाल भन्छन, नेताहरु खै यो पाराले कसरी हुन्छ र नयाँ नेपाल उनले दखेसो गरिन । आइतबार विहान १० बजे नै कार्यलयमा आएकी सुवेदीले सोमबार ३ बजे मात्र राजश्व तिर्न पाएको उनले बताइन ।


यस्तै समस्या छ, एकिकृत सम्पति कर तिर्न आएकी पोखरा ६ बैदाम डिहिको पाटन बस्ने दुर्गा पहारीको पनि घरमा छोरा विरामी छ, औषधि खुवाउनु पर्ने समय भयो, मन आतिएको छ, अझै पनि कति समय लाग्ने हो, उनले भनिन । पोखरा ६ जरेवर बस्ने जिबनाथ गौतमले महानगर पालिकाको कमिशनको खेलले गुणस्तर हिन सप्टवयर राख्नाले हामीले दुख पाउनु परेको छ, स्माट सिटी र नया नेपालको सपना बाडेर चुनाव जितेका नेताहरुको कमिशनको खेलले हामी सर्वसाधरण ले हैरानी ब्याहोर्न परेको उनले भने । “राजश्व तिर्छु भनेर आउदा त यो हालत छ भने, स्माट सिटीको सपना देखाउने महानगरका मेयरले के हेरेर बसेका छन भनि आक्रोस समेत पोखे” उनले ।


“ब्यवसाय दर्ता, एकीकृत सम्पति र अन्य कामका लागि आउने सेवाग्राहीले सर्भरमा आएको समस्याले गर्दा विहान १० बजे आएका सेवाग्राही बेलुका निरास हुदै फर्केने गरेका छन”, वडा कार्यलय ६ बैदामका खरदार केशवराज बरालले बताए । १० देखी १५ दिन भयो सर्भरमा समस्या आउन लागेको उनले भने दिनमा ५ देखी १० जनाले मात्र राजश्व तिर्ने गरेको छन, सर्भर बेला बेलामा डाउन हुनाले सेवा ग्राहीलाई सेवा दिन सकेका छैन्यौ खरदार बरालले दुख पोखे । वडा अध्यक्ष जगत बहादुर पहारीले “यो समस्या ३३ वटै वडामा देखिएको छ, यसमा हामीले केही गर्ने नसक्ने भन्दै समस्या समाधानका लागि महानगरपालिका सगँ कुरा राखेको” बताए । महानगरपालिका राजश्व शाखा प्रमुख छविलाल शर्माले केही दिन देखी नयाँ भएकोले सर्भरमा समस्या आएको स्विकार्दै यस समस्याको हल भइसकेको छ, अव समस्या नआउने उनले भने ।

प्रकाशित मितिः मङ्लबार, साउन २८, २०७६     3:28:51 PM

Ganesh Pahari

See all posts by

Leave a Reply

Your email address will not be published. Required fields are marked *