प्रधानमन्त्री ओली आज स्वदेश फर्किंदै

प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किंदै छन् । स्वास्थ्य परीक्षणका लागि सिंगापुरमा रहेका प्रधानमन्त्री ओली आइतबार फर्किने पूर्वनिर्धारित कार्यक्रम तय भएको थियो  । तर, उनको उपचार नसकिएकाले पूर्वनिर्धारित कार्यक्रम परिवर्तन भएको र आज फर्किने कार्यक्रम तय भएको प्रधानमन्त्रीका प्रेस विज्ञ डा. कुन्दन अर्यालले बताए । प्रधानमन्त्री ओलीको स्वास्थ्य परीक्षणको रिपोर्ट आउन बाँकी रहेकाले फर्किन ढिलाइ भएको हो ।

प्रकाशित मितिः सोमवार, साउन २७, २०७६     8:55:11 AM

Ganesh Pahari

See all posts by

Leave a Reply

Your email address will not be published. Required fields are marked *