अमेरिकामा ७ सय आप्रवासी पक्राउ, बालबालिकाको बिचल्ली

अमेरिकी अध्यागमन अधिकारीहरुले मिसिसिपी क्षेत्रमा विदेशी कामदार रहेको स्थानमा व्यापक रुपमा छापा मारेका छन् । बुधबार सो छापा मार्ने क्रममा ७ सय मानिसलाई पक्राउ गरिएको थियो । अभिभावकहरु पक्राउ परेपछि तिनका बालबालिकाको बिचल्ली भएको चर्चा चलेपछि करिब ३ सय अभिभावकलाई रिहा गरिएको अधिकारीहरुले जनाएका छन् ।

सातवटा कृषि प्रशोधन प्लान्टमा काम गर्ने करिब ७ सय मानिसलाई आवश्यक कागजात नभएको भन्दै अध्यागमन अधिकारीहरुले पक्राउ गरेका हुन् । बालबालिकाहरुलाई उनीहरुका आमाबाबुबाट छुट्याइएको खबर सार्वजनिक भएपछि विपक्षी डेमोक्र्याट पार्टीले कडा निन्दा गरेको थियो । ती बालबालिकाको उपयुक्त ढंगले हेरचाह  गरिने अधिकारीहरुले बताएका छन् ।

इमिग्रेसन एण्ड कस्ट्युम्स इन्फोर्समेन्ट (आसीई) ले अपरेसनका क्रममा ती व्यक्ति पक्राउ गरिएको जनाउँदै उनीहरुलाई सम्बद्ध प्लान्टमा गएर अधिकारीहरुले प्रश्न गर्दा उपयुक्त कागजात नपाएपछि हिरासतमा लिइएको बताए । गएको जुनमा राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासीमाथि छापा मारिने जनाएपनि यसरी ठूलो मात्रामा धरपकड गरिएको यो पहिलो पटक हो ।

आईसीइका प्रवक्ता ब्रायन कोक्सले बीबीसीलाई बिहीबार बताएअनुसार जो व्यक्तिहरु रिहा गरिएनन् उनीहरुलाई आसीई डिटेन्सन फेसिलिटीमा लगेर थुनिने छ ।  “रिहा गरिएका ३ सय जनालाई हिरासतबाट रिहा गरिएको हो,” उनले भनेका छन् । इमेलमार्फत पठाएको वक्तव्यमा उनले उनीहरुलाई प्रक्रियाका लागि संघीय अध्यागमन अदालतमा लगिने जनाएका छन्  ।

बच्चाहरु अलपत्र परेको प्रसंगमा भइरहेको आलोचनाको बारेमा उनले होमल्याण्ड सेक्युरिटीका अधिकारीहरु कुनैपनि बालबालिका विद्यालयमा लिनका लागि अभिभावकहरु गए नगएको बारेमा विद्यालय प्रशासनसँग बुझ्ने काममा खटिएको समेत जनाएका छन् । हिरासतमा लिइएकाहरुलाई प्रश्न सोध्नका लाथि मिसिसिपिको नेशनल गार्ड ह्यान्गरमा लगिएको थियो । आईसीइले पक्राउ परेका मानिसहरु कुन देशका हुन् भन्ने बारेमा खुलाएको छैन ।

तर, मेक्सिको सरकारले त्यहाँ आफ्नो कुटनीतिक कर्मचारी पठाएर गिरफ्तार परेकामा आफ्नो देशका नागरिक भए नभएको बुझ्ने प्रयास गरेको छ  । कतिपय घटनामा बच्चाहरु विद्यालयबाट आउँदा आफ्ना आमाबाबु नभेटिएपछि उनीहरुलाई स्थानीय जिमखानामा लगिएको थियो ।
कोच फुड्स प्लान्ट, मोर्टोनमा सार्वजनिक गरिएको एक भिडियोमा एक बालिका अनियन्त्रित ढंगले रोइरहेको देखाइएको छ ।

ज्याक्सनका मेयर चोक्वे अन्तर लुमुम्बाले सो छापा मार्ने कार्यको निन्दा गरेका छन् ।  डेमोक्र्याट पार्टीका तर्फबाट राष्ट्रपतिका संभावित उम्मेदवार कमला ह्यारीसले समुदायका मानिसहरुलाई आतंकित पार्ने काम भएको भन्दै घटनाको निन्दा गरेकी छन् ।  बीबीसी

प्रकाशित मितिः शुक्रबार, साउन २४, २०७६     8:31:10 AM

Ganesh Pahari

See all posts by

Leave a Reply

Your email address will not be published. Required fields are marked *