आज मौसममा बदली हुने मेघ गर्जन सहित बर्षाको संभावना

निरन्तर वर्षाका कारण बाढी, पहिरोले त्रसित जनजीवन सामान्य बन्दै गएको छ। केहि दिनदेखि सक्रिय नभएको मनसुनी गतिविधि अझ बढ्ने अनुमान जल तथा मौसम पूर्वानुमान महाशाखाले गरेको छ। मनसुनको न्यून चापिय रेखा नेपालको तराई भू-भागभन्दा दक्षिणतिर अवस्थित भएको र बिस्तारै उत्तरतिर (नेपाल तर्फ) सर्दै जाने देखिएको मौसमविद्ले बताएका छन्।

महाशाखाले शुक्रबार बिहान ६ बजे प्रकाशन गरेको बुलेटिनअनुसार देशभर देशभर सामान्य बदली भई केहि स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षा हुने सम्भावना रहेको छ। ‘अहिले  देशको पूर्वी, पश्चिमि तथा मध्य पहाडी भू-भागमा सामान्य बदलीको अवस्था रहेको छ।’ महाशाखाले भनेको छ, ‘ ती क्षेत्रहरुका थोरै स्थानहरुमा वर्षा भइरहेको देखिन्छ। मध्य तराई क्षेत्रमा भने मौसम सामान्यतया सफा रहेको छ।’

राति पनि देशका केही स्थानमा मेघगर्जन /चट्याङ्गसहित वर्षा हुने हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। पश्चिमी पहाडि भू-भागका एक /दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

प्रकाशित मितिः शुक्रबार, साउन १७, २०७६     8:53:17 AM

Ganesh Pahari

See all posts by

Leave a Reply

Your email address will not be published. Required fields are marked *