सुत्केरी हुँदा बच्चासँगै जे निस्कियो, डाक्टर हैरान भएर पुलिसलाई बोलाए

भारतको बिहारको हाजिपुरमा एउटा अचम्मको घटना सार्वजनिक भएको छ । यहाँ एक गर्भवती महिलाले बच्चालाई जन्म दिइन् तर जब महिलाले बच्चा जन्माइन् तब डाक्टरको होस उड्यो । महिलाको पेटबाट बच्चासहित बन्दुकको गोली पनि निस्कियो । भारतको बिहारको हाजिपुरमा एउटा अचम्मको घटना सार्वजनिक भएको छ । यहाँ एक गर्भवती महिलाले बच्चालाई जन्म दिइन् तर जब महिलाले बच्चा जन्माइन् तब डाक्टरको होस उड्यो । महिलाको पेटबाट बच्चासहित बन्दुकको गोली पनि निस्कियो ।

पुलिसको सोधपुछमा महिलाले भने, ‘जब म अबेर राती ढोकामा बसेको थिएँ तब केही आवाज आयो । के भयो भनेर कसैले बुझ्न सकेनौं । त्यसको केही बेरपछि मेरो पेट दुख्न थाल्यो ।’

‘परिवारले यसलाई प्रसव पीडा ठान्नुभयो र अस्पताल भर्ना गर्नुभयो ।’यहाँ भाग्य नै भन्नुपर्छ कि गोलीले न त बच्चालाई केही हानी पुर्यायो न नै रुपालाई केही भयो । डाक्टरले पेटमा गोली लागेको बताए । पेटभित्र छिरेको गोलीले कुनै पनि आन्तरिक अंगलाई क्षती भएन ।

नगर थाना हाजीपुरका एसआई परशुराम सिंहले महिलाको पेटमा गोली लागेको खबर पाएपछि पुलिस अस्पताल पुग्यो । आखिर गोली कसरी चल्यो र कसले चलायो भनेर अनुसन्धान भइरहेको पुलिसले जानकारी दिएको छ ।

प्रकाशित मितिः शुक्रबार, साउन १७, २०७६     8:39:18 AM

Ganesh Pahari

See all posts by

Leave a Reply

Your email address will not be published. Required fields are marked *