साउन २७ देखि ३० गतेसम्म मुस्ताङमा ‘यार्तुङ’ महोत्सव

मुक्तिनाथको मुक्तिक्षेत्र बारागुङ गाँउपालिकामा यार्तुङ महोत्सव को आयोजना गर्ने भएको छ । साउन २७ गतेदेखि ३० गतेसम्म मुक्तिनाथको दर्शन गरौं, यार्तुङ महोत्सवमा रमाऔ’ भन्दै बारागुङ क्षेत्रमा महोत्सव सञ्चालन हुने मुक्तिक्षेत्र गाँउपालिकाका अध्यक्ष फेन्चोक छेप्तेन गुरुङले पोखरामा बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका छन।

‘यार्तुङ’ विशेष गरी गर्र्मी र वर्खा सिजनको अन्त्य भन्ने बुझाई छ । बुझाईसँगै मुक्तिक्षेत्रबासीले पहिलो पटक यार्तुङ महोत्सव गर्दै छन् । यार्तुङ मुस्ताङ बासीहरुको चाडपर्व रहेको र यस पर्वलाई नै पहिलो पटक महोत्सवको रुपमा मनाउन लागिएको आयोजकको भनाई छ ।

हाई अल्टिच्युड खेलकुद तालिम केन्द्र निर्माण गर्न योजना गण्डकी प्रदेश सरकारको छ । त्यही अल्टिच्युड खेलकुद तालिम केन्द्र निर्माणास्थलमै सेभेन ए साईड फुटबल प्रतियोगिता समेत आयोजना गरिने छ । ‘महोत्सवमा सेभेन ए साईड फुटबल प्रतियोगिता आयोजना गरिने छ ।’ पत्रकार सम्मेलनमा उनले भने–‘फुटबलसँगै घोडा दौडको प्रतिस्पर्धा समेत हुने छ ।’

घोडा दौड मुस्ताङीको शानको रुपमा समेत लिने गरेका छन् । ‘गर्मी विदा मनाउने पर्वको रुपमा यार्तुङलाई लिईन्छ ।’ उनको भनाई थियो । ३।५किलोमिटर र १।५ किलोमिटर गरी दुई फरक दुुरीको घोडा दौड प्रतियोगिता आयोजना गरिने गाँउपालिकाका प्रमुख प्रशासनिक अधिकृत दिपक रेग्मीले बताए । हिमालको काखमा मुक्तिनाथका साथमा याकमा सवार गर्न सकिने छ । गाँउपालिका भित्रका १९ वटा गाँउको परम्परागत भेषभुष प्रर्दशन समेत गरिने उनले जानकारी दिए ।

यार्तुङको समयमाा स्थानीयबासीले विशेष गरी गरगहना सापटी मागेर लगाउने प्रचलन समेत छ । यार्तुङ मनाङमा समेत मनाउने गर्छन् । तर मुस्ताङमा यार्तुङ मनाउन विदेशमा रहेको मुस्ताङबासी समेत फर्केर आउने प्रमुख प्रशासनिक अधिकृत रेग्मीको भनाई थियो । दुई करोडको कारोबार गर्ने अभियानसँगै १० हजार दर्शकलाई यार्तुङ महोत्सवमा उकाल्ने योजना मुस्ताङबासीको छ । स्थानीय उत्पादन फापरको पिठो, खुपार्नी, स्याउ तथा जिम्मु लगायत चिजविज विक्री वितरण गरिने जनाईएको छ ।

मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाँउपालिकामा ३ हजार जनसंख्या छन् । कोही विदेश गएका छन् । कोही शहर झरेका छन् । उनीहरु यार्तुङको समयमा फर्किने विश्वास स्थानीयबासीले गरेका छन् । ३।५ किलोमिटर घोडा दौड झारकोटदेखि रानीपौवासम्म तय गरिएको छ । विजेतालाई ५० हजार, दोस्रोलाई ३० हजार र तेस्रो हुनेलाई २० हजार रुपैयाँ प्रदान गरिने छ ।

प्रकाशित मितिः बिहिबार, साउन १६, २०७६     8:12:16 AM

Ganesh Pahari

See all posts by

Leave a Reply

Your email address will not be published. Required fields are marked *