कम हानिकारक छैन ई–सिगरेट

एजेन्सी: ई–सिगरेट स्वास्थ्यका लागि कम हानिकारक छ भन्ने प्रचारमा विश्वास नगर्न विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले अनुरोध गरेको छ । ई–सिगरेट अर्थात् इलेक्ट्रोनिक सिगरेटलाई कम हानिकारक भन्नु सूर्ती कम्पनले अपनाएको विज्ञापन रणनीतिमात्रै रहेको डब्ल्यूएचओको भनाइ छ ।

डब्ल्यूएचओले २०१९को विश्व सूर्ती महामारी रिपोर्टमा भनेको छ– सूर्ती उद्योग, सूर्ती नियन्त्रणका लागि अपनाइएको कदमविरुद्ध छ । ई–सिगरेटसँग जोडिएका विज्ञापनमा त्यसलाई पारम्परिक चुरोटभन्दा सुरक्षित मान्ने गरिन्छ । यसले चुरोट पिउने आदत हटाउन मद्दत गर्ने पनि बताइन्छ, जबकि डब्ल्यूएचओको रिपोर्टमा यसलाई समर्थन गर्न पर्याप्त आधार नरहेको उल्लेख छ । चुरोट पिउनेले पूर्ण रुपमा निकोटिन नछाडी उनीहरुलाई कुनै लाभ हुँदैन ।

अहिले अमेरिकालगायतका मुलुकका किशोरवयका मानिसमा ई–सिगरेट तीव्र गतिमा लोकप्रिय बनेको छ । अमेरिकी खाद्य तथा औषधि प्रशासनले हालै ई–सिगरेट बिक्री नियन्त्रणका लागि थुप्रै उपायको घोषणा गरेको छ । डब्ल्यूएचओका अधिकारीहरुले ई–सिगरेट र पारम्परिक सिगरेटले मानव स्वास्थ्यमा पार्ने हानि एकैकिसिमको रहेको बताएका छन् ।

पारम्परिक र ई–सिगरेटबीचको मुख्य अन्तर भनेको इलेक्ट्रोनिकमा स्पष्ट धुवाँ नदेखिनु हो । ई–सिगरेटको बजार पर्यवेक्षण बलियो पार्नुपर्ने डब्ल्यूएचओको भनाइ छ, डब्ल्यूएचओको मुख्य लक्ष्य पनि यही हो ।  ई–सिगरेटले स्वास्थ्यमा हानि नगर्ने भन्ने ढङ्गमा पछिल्लो समय प्रचार–प्रसार गरिएको छ । यसले किशोरवयका मानिसले सहजै ई–सिगरेट पिउन थालेका छन् । यसको नियन्त्रण गरिनु जरुरी छ ।

प्रकाशित मितिः मङ्लबार, साउन १४, २०७६     8:59:16 AM

Ganesh Pahari

See all posts by

Leave a Reply

Your email address will not be published. Required fields are marked *