आजका पत्रपत्रिका: मौद्रिक नीतिले ऋणको व्याजदर सस्तिने, दुईवटा वाइडबडी कालोसूचीमा

आजका दैनिक पत्रिकाहरूको ‘हेडलाइन’ बाढी पहिरो र राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको मौद्रिक नीति बनेको छ । यसबाहेक स्मार्ट लाइसेन्स, विद्युत् निर्यात, कालोसूचीले नेपाल वायु सेवा निगमलाई पारेको असरलगायत विषय पनि पत्रपत्रिकाहरूले उठाएका छन् ।

 

कान्तिपुरले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा ल्याइएका व्यवस्था हुबहु कार्यान्वयन भए ऋणको व्याजदर सस्तिने ठम्याइ छ । बाल विवाह रोक्न अभियान चलाउने बाल अभियन्ता आफैंले विवाह गरेको अर्को रोचक खबर पनि कान्तिपुरमा छ ।

अन्नपूर्णले नेपाल वायु सेवा निगमलाई परेको असजिलोबारे मुख्य समाचार बनाएको छ । निगमका दुईवटा वाइडबडी युरोपियन युनियनको कालोसूचीको मारमा परेको समाचारको सार छ । बुधबार सार्वजनिक मौद्रिक नीतिबारे पनि अन्नपूर्णले प्राथमिकतापूर्वक समेटेको छ । अन्नपूर्णका अनुसार मौद्रिक नीति कर्जा विस्तारमा लचिलो छ । लगानीयोग्य कर्जाको आपूर्ति बढाउने र व्याजदरमा हस्तक्षेप गर्न खोजेको छ ।

नागरिकले मद्रास सेक्युरिटी प्रिन्टर्स (एमएसपी) ले स्मार्ट लाइसेन्स छपाइमा गरेको लापरवाहीमाथि नजर परेको छ । नागरिकका अनुसार लाइसेन्स छपाइका लागि प्रयोग हुने लेजर बेस्ड मास प्रिन्टर सर्तबमोजिम तोकिएको समयमा उपलब्ध नगराएर सरकारलाई फेरि यसले धोका दिएको छ । एमएसपीले मास प्रिन्टर खरिदका लागि ठेक्का सम्झौता भएको ६० दिन अर्थात् असार २९ भित्र प्रिन्टर आपूर्ति गरिसक्नुपथ्र्यो । तर, त्यसो नभएको समाचारमा उल्लेख छ ।

राजधानीले सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग वार्ता र नियन्त्रण दुवै नीति अख्तियार गर्दै अघि बढेको निष्कर्ष निकालेको छ । गृहमन्त्री रामबहादुर थापा बादलले मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा व्यक्त गरेको भनाइले पनि पनि राजधानीले यसैको संकेतका रुपमा प्रस्तुत गरेको छ ।

प्रकाशित मितिः बिहिबार, साउन ९, २०७६     8:41:38 AM

Ganesh Pahari

See all posts by

Leave a Reply

Your email address will not be published. Required fields are marked *