आजको पत्रपत्रिका

मेलम्चीको पानी आउन अझै डेढ वर्ष लाग्ने :गोरखापत्र दैनिकले सिन्धुपाल्चोकस्थित मेलम्ची खोलाको पानी काठमाडौं उपत्यकामा ल्याउन अझै डेढ वर्ष लाग्ने पूर्वानुमान गरेको छ । गोरखापत्र लेख्छ, ‘काम सुरु भएको ३१ वर्ष हुँदा पनि मेलम्चीको पानी आएको छैन । काम फटाफट भएमा अझै डेढ वर्ष कुर्नुपर्ने देखिएको छ ।’

नेपाल समाचारपत्र दैनिकले राष्ट्रिय अभिलेखालयमा संग्रह गरेर राखिएका बहुमूल्य ऐतिहासिक सामग्रीहरु जोगाउन गम्भीर समस्या परेको समाचार छ । सर्वोच्च अदालतले राष्ट्रिय अभिलेखालय रहेको भवन खाली गर्न ताकेता गरेपछि समस्या भएको समाचारमा उल्लेख छ ।

प्रकाशित मितिः आइतवार, साउन ५, २०७६     8:50:23 AM

Ganesh Pahari

See all posts by

Leave a Reply

Your email address will not be published. Required fields are marked *